दुई इन्स्योरेन्ससहित तीन कम्पनीको शेयरमूल्य समायोजन
नेपालबहस संवाददाता
चैत १७, २०७८ बिहिबार १८:९:३१
१७ चैत, काठमाडौं । नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन चैत १७ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्जमा नेप्सेले प्रभु इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको मूल्य समायोजन गरेको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यस दिन नेप्सेले प्रभु इन्स्योरेन्सको ११ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको १९.६२ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।
समायोजनपश्चात प्रभु इन्स्योरेन्सको शेयरमूल्य ७४३ रुपैयाँ २४ पैसा कायम भएको छ भने आरम्भ चौतारीको १ हजार ११६ रुपैयाँ ८६ पैसा र सिद्धार्थ इन्स्योरेन्सको ८९१ रुपैयाँ ३० पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार प्रभु इन्स्योरेन्सको शेयर प्रतिकित्ता ८२५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। त्यसैगरी, आरम्भ चौतारीको १ हजार ३३६ रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सको १ हजार २५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर बिहीबार दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार