प्रधानमन्त्री भारतबाट फर्किपछि बस्ने गरी ठोस निर्णय बिना सकियो गठबन्धनको बैठक
नेपालबहस संवाददाता
चैत १७, २०७८ बिहिबार १८:४१:५८
१७ चैत, काठमाडौं । स्थानीय तहको निर्वाचनमा गरिने तालमेलबारे छलफल गर्न बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक कुनै ठोस निर्णय नगरी सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणको तयारीमा व्यस्त रहेकाले पनि आजको बैठकमा भएको छलफलबाट कुनै खास निष्कर्ष नआएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवजाटारमा बसेको बैठकमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमण, उक्त भ्रमणमा नेपालका तर्फबाट उठाउने एजेन्डाबारे नेताहरुबीच छलफल भएको थियो । बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एकिकृत समाजवादीका नेताले प्रधानमन्त्री देउवालाई भारतसँग प्रष्टसँग आफ्ना विषय राख्न भनेका थिए ।
स्थानीय तहको निर्वाचनमा तालमेल गर्दा दलहरुले निभाउनुपर्ने भूमिका र त्यसको मोडालिटी तयार गर्ने विषयमा पनि सामान्य छलफल भएको छ । प्रधानमन्त्री देउवा भारत भ्रमणमा रहेका बेला गठबन्धनका अन्य नेताहरुले तालमेलबारेको मोडालिटी तयार पार्ने र प्रधानमन्त्री आएपछि निर्णयक छलफल गर्ने भएका छन् ।
गठबन्धन दलका दोस्रो तहका नेताहरुले तालमेलको मोडालिटी, तालमेल हुनसक्ने स्थानीय तह, सहमति भएका तहमा उठाउने उम्मेदवार लगायतका विषयमा छलफल गरी खाका तयार पार्ने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भोलिदेखि हुने तीनदिने भारत भ्रमणमा नेपालका तर्फबाट उठाइने एजेन्डामा थप काम बाँकी रहेकाले देउवाले हतार गरेपछि बैठकबाट नेताहरु उठेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार