आरटीजीएस सञ्चालनको समय बढाइयो
नेपालबहस संवाददाता
चैत १७, २०७८ बिहिबार १८:४८:३३
१७ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली सञ्चालनको समय बढाएको छ । आरटीजीएस प्रणालीमार्फत कारोबार बढेपछि राष्ट्र बैंकले समय थपेको हो ।
राष्ट्र बैंकले बुधवार एक सूचना जारी गर्दै आगामी वैशाख २ देखि नयाँ कारोबार समय लागू हुने जानकारी दिएको छ । सूचनाअनुसार माघ १६ देखि कात्तिक १५ सम्म आइतवारदेखि बिहीवारसम्म विहान ९ देखि साँझ ५ बजेसम्म उक्त प्रणालीबाट कारोबार गर्न सकिन्छ ।
कात्तिक १६ देखि माघ १५ सम्म बिहान ९ देखि अपराह्न ४ बजेसम्म प्रणाली सञ्चालन हुनेछ । शुक्रवार भने बिहान ९ देखि अपराह्न १स्३० बजेसम्म कारोबार गर्न सकिने राष्ट्र बैंकले बताएको छ ।
पछिल्लो समय सरकार र राष्ट्र बैंकले नगद कारोबारलाई निरुत्साहित गर्दै विद्युतीय भुक्तानीलाई प्राथमिकता दिएका छन् । सर्वसाधारणमा पनि मोबाइल वालेटदेखि, कार्ड, मोबाइल बैंकिङ, कनेक्ट आईपीएस जस्ता विद्युतीय भुक्तानी प्रयोगतर्फ आकर्षण बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार