मुक्तिनाथ विकास बैंकद्वारा आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण गर्नका लागि सहयोग
नेपालबहस संवाददाता
चैत १७, २०७८ बिहिबार १९:११:८
१७ चैत, काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले काभ्रेस्थित काठमाण्डौं विश्वविद्यालय हाईस्कूललाई विद्यार्थीहरुद्धारा आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण गर्नका लागि सहयोग गरेको छ ।
काठमाण्डौं विश्वविद्यालय हाईस्कूल र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा बनेपाको विद्यालयहरुमा अध्ययन गर्ने १२ जना विद्यार्थीहरु यस आईयू क्यूबस्याटस् स्याटेलाईटको निर्माण कार्यमा जुटेका छन् ।
सोही स्याटेलाइटको निर्माण सक्ने र अन्तरिक्षमा उडान गरिने कार्य २०२३ सालसम्म गरिने छ । बैंकले काठमाण्डौं विश्वविद्यालय हाईस्कूललाई यसै आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण कार्यको विभिन्न खर्चहरुको प्रबन्ध गर्नेका लागि एक कार्यक्रम बीच सहयोगका लागि ७५ हजारको (चेक) हस्तानतरण गरेको छ ।
उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रमुख– बजारीकरण प्रबद्रधन तथा संस्थागत मामिला विभाग श्री बसन्त बक्शी, र अन्य कर्मचारीहरुको उपस्थिति तथा काठमाण्डौं विश्वविद्यालय हाईस्कूलको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।
यस सहयोगबाट आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण गर्न जुटेका सबै विधार्थीहरु र संस्थाहरुलाई मद्दत हुने र अन्य विद्यार्थीहरुलाई समेत विज्ञान विषय प्रति अझ रुचि बढाउन प्रोत्साहन पुग्ने धारणा बैंकले लिएको छ ।
मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार