प्रधानमन्त्रीलाई गठबन्धन दलको शुभकामना, देउवासँगै चारमन्त्री भारत जाने
नेपालबहस संवाददाता
चैत १७, २०७८ बिहिबार २०:३६:५३
१७ चैत, काठमाडौं । छिमेकी देश भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले भारत भ्रमण सफलताका लागि शुभकामना दिएका छन् ।
भारत भ्रमणको पूर्वसन्ध्यामा आज बालुवाटारमा बसेको गठबन्धनका नेताहरूको बैठकमा उनीहरूले प्रधानमन्त्रीलाई शुभकामना दिएका हुन् । सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि प्रधानमन्त्रीको भोलिबाट सुरु हुने भारत भ्रमणका लागि सबै गठबन्धनका शीर्ष नेताहरूले शुभकामना दिएको बताए ।
भारतीय पक्षले कतिपय विषयमा चासो नराखेको भन्ने प्रश्नमा मन्त्री कार्कीले नेपाल–भारत सम्बन्ध बहुआयामिक रहेको जवाफ दिए । नेपाल–भारतबीच सरकार–सरकार मात्र होइन, जनता–जनताको पनि सम्बन्ध रहेको उनले बताए । उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले उठाउन लागेका एजेन्डा सहि भएको बताए ।
यस्तै प्रधानमन्त्रीसँग चारमन्त्री पनि भारत जाने भएका छन् । आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार मन्त्री पनि भारत भ्रमणमा जाने निर्णय गरेको हो ।
प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा भारत भ्रमणमा जाने निर्णय भएको कार्कीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार