पैसा देखाएर हैन, विचार,सिद्धान्त र लक्ष्यमा भोट मागे चुनाव खर्च अपुग हुँदैनः प्रमुख आयुक्त
नेपालबहस संवाददाता
चैत १७, २०७८ बिहिबार २१:२८:५७
१७ चैत, काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा पैसालाई भन्दा आफ्नो विचार र सिद्धान्तलाई प्राथमिकतामा राखेर उम्मेदवारले भोट माग्गनुपर्ने बताए का छन् ।
उनले आयोगले दिएको खर्चको सीमा कम भएको भन्ने गुनासो सही नभएको भन्दै अहिले को भन्दा बढी खर्चको सीमा राख्नैपर्ने कुनै कारण नभएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थपलियाले चुनावमा आफू उम्मेदवार भएकोबारे मतदातालाई जानकारी दिन खर्च अपुग नहुने तर, अप्ठ्यारै अवस्था आए त्यसमा पुनरावलोकन गर्न आयोग तयार रहेको बताए । उनले आचारसंहितमा तोकिएको खर्चले उम्मेदवार निर्वाचित हुन नसक्ने भन्ने प्रश्नै नआउने बताए ।
उनले आचारसंहितामा उम्मेदवारले गर्न पाउने भनेर तोकिएका कामको लागि तोकिएकै खर्च पुग्ने बताए । एउटा वडा अध्यक्षले ३ लाख रुपैयाँ खर्च गरेर आफ्नो वडाभित्र गएर म उम्मदवार हुँ भन्नु भन्दा सिद्धान्त र विचार देखाएर मलाइ भोट दिनुस् भन्दा उपयुक्त हुने उनको भनाइ छ ।
प्रमुख आयुक्त थपलियाले निर्वाचनमा उम्मेदवारलाई तोकिएको भन्दा बढी पैसा किन र के का लागि चाहिएको हो त्यो स्पष्ट भन्नुपर्ने भन्दै चुनाव भड्किलो र महंगो हुँदा लोकतन्त्र खतरामा पर्ने बताए ।
उनले सिद्धान्त, विचार र इमानले जितोस्, मनी र मसल पराजित होस् भन्ने असल मनसायका साथ गरेको कुरा पनि करोड करोडका गफ दिएर निस्तेज पार्ने हो भने लोकतन्त्रप्रतिको ओठेभक्ति मात्र हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार