पीएनजीलाई पराजित गर्दै नेपाल फाइनलमा
नेपालबहस संवाददाता
चैत १७, २०७८ बिहिबार २२:५:१७
१७ चैत, काठमाडौं । नेपाल त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको फाइनलमा प्रवेश गरेको छ । त्रिवी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा पपुवा न्यूगिनी (पीएनजी) लाई ३७ रनले पराजित नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपालको लागि यो ऐतिहासिक जित पनि हो । नेपालले आफ्नो ५० औं टी–ट्वान्टी खेल जित्न सफल भएको छ ।
बिहीबार नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजीले निर्धारित १९ ओभरमा ४ बलमा अलआउट हुदै १ सय ६६ रन मात्र जोड्न सक्यो ।
पीएनजीका लागि चाल्र्स अमिनीले सर्वाधिक ६२ तथा टोनी उराले ४३ रनको योगदान गरे । अमिनीले ४७ बलको सामना गर्दा ९ चौका तथा उराले २२ बल खेल्दा दुई चौका र चार छक्का प्रहार गरे । सेसे बाउले २५ रन बनाए ।
नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिए । करणले अन्तिम ओभरमा ह्याट्रिक समेत पुरा गरे । अविनाश बोहरा र सोमपाल कामीले समान दुई–दुई विकेट हात पारे । कप्तान सन्दीप लामिछानेले एक विकेट हात पारे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन जोड्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६६ रनको योगदान गरे । दिपेन्द्रले ३३ बलको सामना गर्दा तीन चौका र चार छक्का हिर्काए । दिपेन्द्रको यो चौथों अर्धशतक हो । दिपेन्द्रले १८ औं ओभरमा नोरमन भानुआलाई लगातार तीन छक्का प्रहार गरेका थिए ।
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यू गरेका आदिल अन्सारीले विष्फोटक ब्याटिङ गर्दै ११ बलमा ३१ रन जोडे । उनले एक चौका र तीन छक्का प्रहार गरे । रोहित पौडेलले २३ बलमा ४१ रन जोडे । उनले चार चौका र दुई छक्का हिर्काए ।
आशिफ शेखले २९ बलमा ३८ रन बनाए । आशिफले चार चौका र एक छक्का प्रहार गरे । पीएनजीका लागि काबुआ मोरियाले तीन विकेट लिए । रिले हेकुरेले दुई तथा नोरमन भानुआ र नोसाइना पोकानाले एक–एक विकेट हात पारे ।
सिरिज अन्तर्गत नेपालको यो लगातार तेस्रो जित हो । यस अघि नेपालले पहिलो खेलमा पीएनजीलाई नै १५ रन तथा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । नेपालले तीन खेलबाट ६ अंक जोड्दा तथा मलेसियाको २ अंक रहेको छ । पीएनजी अंकविहिन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार