सामान खरिदमा ४ करोड २१ लाख हिनामिना, गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नेपालबहस संवाददाता
चैत १७, २०७८ बिहिबार २२:२४:४९
१७ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कासहित २७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्युतीय सामानहरु खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले आज मुद्दा दायर गरेको अन्यमा लिखु तामाकोशी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु राजु प्रसाद न्यौपाने र टंक प्रसाद चौलागाई र लेखापाल दुर्गा बहादुर डिम्दोङ तामाङ रहेका छन् ।
विद्युतीकरण उपभोक्ता समिति लिखु तामाकोशी गाउँपालिका–५ (साविक नागदह गाविस १–५) का अध्यक्ष वेत बहादुर पुँवार, कोषाध्यक्ष ममीता श्रेष्ठ, सचिव सुब्बा थापामगर, विद्युतीकरण उपभोक्ता समिति लिखु तामाकोशी गाउँपालिका–५ (साविक नागदह गाविस ६–९) का अध्यक्ष सुन बहादुर तामाङ, कोषाध्यक्ष करिष्मा परियार, सचिव दल बहादुर तामाङ र विद्युतीकरण उपभोक्ता समिति लिखु गाउँपालिका–४, (साविक विजुलीकोट) का अध्यक्ष होम बहादुर महत, कोषाध्यक्ष अनिता श्रेष्ठ र सचिव डिल्ली बहादुर सुनुवार विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
लिखु तामाकोशी गाउँपालिका रामेछापका अध्यक्षसमेतको मिलेमतोमा विद्युतीय सामानहरु खरिद गर्दा भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धान हुँदा उनीहरुले मिलेमतोमा गैरकानुनी लाभ पु¥याउने र सरकारी रकममा हानिनोक्सानी पु¥याउने बदनियतले कार्य गरेको पाइएको अख्तियारले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरुले ४ करोड २१ लाख ७०६ रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ ।
बिहीबार दाबी गरिएको मुद्दामा लिुख तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्कासँग ४ करोड २१ लाख ७०६ रुपैयाँ बिगो दाबी गरिएको छ । सोही गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत टंक प्रसाद चौलागाईसँग ३ करोड ८ लाख १८ हजार ५२८ रुपैयाँ बिगो दाबी गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार