यस्तो छ एमालेको मासिक २५ लाख उठाउने ‘फाइभ थाउजेन्ड बाई फाइभ थाउजेन्ड’ अभियान
नेपालबहस संवाददाता
चैत १७, २०७८ बिहिबार २२:५२:३३
१७ चैत, काठमाडौं । नेकपा एमालेले पार्टीको खर्च व्यवस्थापनका लागि स्रोतको खोजी गर्दै ‘फाइभ थाउजेन्ड बाई फाइभ थाउजेन्ड अभियान’ सुरु गरेको छ । यो योजना अन्तर्गत उच्चआय भएकाहरुलाई खोज्ने र अभियानमा सहभागी गराउनु रहेको छ ।
गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै एमालले अन्तरपार्टी निर्देशनमा उल्लेख भएअनुसार उच्चआय भएका कम्तीमा पाँच हजारलाई सो अभियानमा समावेश गर्नेछ ।
पार्टीको दिगो आर्थिक स्रोतका लागि विभागका प्रमुखले पाँच हजार लेबी दिने पाँच हजारजना अभियान (फाइभ थाउजेन्ड बाइ फाइभ थाउजेन्ड अभियान) प्रस्ताव गरेपछि अभियान बनाइएको हो । एमालेका उच्च आय भएका पाँच हजार सदस्यले यस कार्यकालभरि नै अनलाइनमार्फत हरेक महिना पाँच हजारका दरले योगदान गर्ने प्रस्ताव बैठकले पारित ग¥यो ।
निर्देशनमा उल्लेख भएअनुसार आ–आफ्नो क्षेत्रमा त्यस्ता आय भएका र योगदान गर्न इच्छुक सदस्यको नामावली संकलन गर्ने र उक्त नाम चैत महिनाको अन्त्यसम्ममा केन्द्रीय कार्यालयमा उपलब्ध गराउनसमेत निर्देशन दिएको छ । उक्त अभियानअन्तर्गत एमालेले मासिक रूपमा २५ लाख रुपैयाँ उठाउने लक्ष्य राखेको देखिन्छ ।
३ जेठ २०७५ मा पार्टी एकीकरण भएदेखि पार्टीको कोष व्यवस्थापन तथा नियन्त्रण गर्न बनेको एमाले केन्द्रीय आर्थिक व्यवस्थापन विनियम, २०६७ निष्क्रिय रहेको भन्दै पुराना खाता खोज्न सुरु गरेको छ । २३ फागुन २०७७ मा सर्वोच्च अदालतको फैसलापछि नेकपाको निरन्तरताको रूपमा एमाले पुनः क्रियाशील भएदेखि कोष व्यवस्थापनमा रहेको अस्तव्यस्तता दुरुस्त गर्ने प्रक्रिया आरम्भ गरिएको छ ।
बैंकका खाताहरूको खोजी गर्ने, मौज्दात रकम रुजु गर्ने र संविधान र कानुनको अधिनमा रही पार्टीको कोष व्यवस्थापन गर्ने काममा केन्द्रीय वित्त तथा कोष व्यवस्थापन विभाग क्रियाशील छ ।
एमालेका अनुसार केन्द्रीय आर्थिक व्यवस्थापन विनियम, २०६७ को व्यवस्था अहिलेको सन्दर्भमा अपर्याप्त भएकाले केन्द्रीय समिति बैठकले केन्द्रीय लेखा तथा आर्थिक व्यवस्थापन विनियम, २०७८ पारित गरेकोसमेत जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार