तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
चैत १८, २०७८ शुक्रबार ५:५३:५५

वि.सं.२०७८ साल चैत १८ गते । शुक्रबार । ईश्वी सन् २०२२ अप्रिल ०१ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि–औशी, बिहान ११ बजेर ५९ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–उत्तराभाद्रपदा, बिहान १० बजेर ५५ मिनेट उप्रान्त रेवती । योग–ब्रम्ह, बिहान ०९ बजेर ५९ मिनेट उपान्त ऐन्द्र । करण–नाग, बिहान ११ बजेर ५९ मिनेट उप्रान्त किंस्तुध्न, बेलुकी ११ बजेर ५६ मिनेट उप्रान्त बव । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २० मिनेट । दिनमान ३० घडी ५९ पला । पञ्चक,हलोबार्ने औशी, मन्वादि घोडे जात्रा, सौरनलनाम सम्वत्सर आरम्भ ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् । अग्रज आफन्त तथा साथिभाईका साथ रमाईलो गर्दै दिनलाई कटाउन सकिने छ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । लामो दुरिको विदेश यात्राको तय हुनेछ भने विदेशबाट सञ्चालित सस्था,एनजिओ तथा आईएनजिओमा काम पाउने प्रवल सम्भावना रहेको छ । बिदेसमा बसेर पेशा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायी रहने छ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- समयमा अर्थ संग्रह गर्न सकिने हुुँदा तथा आर्थिक अवस्था राम्रो रहने हुँदा अर्थ व्यापारमा लगानी गर्न सकिने छ । आफ्ना भन्नेहरुले सहयोग गर्ने तथा दाजुभाइहरुको समर्थनमा राम्रा काम गर्न सकिने छ । बित्तिय क्षेत्रसँग सम्बन्धीत कामबाट राम्रै आम्दानी हुनेछ । बुवा वा बुवा शरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिने छ । मायाप्रेमको गाठो कसिलो हुने समय रहेको छ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- पुराना समस्याहरु समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिने छ । शत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिने तथा पहुच बिस्तार गर्न सकिने छ । बुवा वा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुनेछ । परिवार तथा आफन्तको साथ पाईने हुनाले काम गर्न सहयोग पुग्नेछ । नोकरी तथा व्यवसायिक क्षेत्रमा देखिएका चुनौतिहरुलाई चिर्दै गन्तव्यमा पुग्न सकिने छ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- काम बिग्रने तथा मान सम्मानमा आघात पुग्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा मन्दी आउनेछ । पढाईलेखाई तपाई आफ्नै कारणले बिग्रनेछ । धर्म तथा अध्यात्मतिर चासो रहेपनि गलत व्यत्तिहरुले प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । यात्रा गर्दा बिशेष ख्याल गर्नुहोला समस्या आउन सक्छ । शैक्षिक यात्रा भने फलदायी रहने छ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- व्यापारमा मनग्गे लाभ हुनेछ भने अकस्मात आम्दानीमा बृद्धि हुने छ । अध्ययनमा सुधार भएर जाने योग रहेको छ । स्वास्थ्यमा सामान्य समस्या आएपनि हल गर्दै अगाढि बढ्न सकिने छ । दिदिबहिनीहरुको समयोग पाईने हुँदा मन प्रशन्न रहने छ । चिट्ठा तथा उपाहार प्राप्तीको गतिलो योग रहेको छ । आम्दानीमा बृद्धि हुने हुँदा दैनिकक जीवन सहज रुपमा जीउन सकिने छ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने छ। परिवारजनको साथले नयाँ आशा पलाउने छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। जीवनसाथिको साथ रमाईलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेको छ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’ :- मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ भने परिवारका आवश्यकताहरु पुरा गर्न सकिने छ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुनेछन् । पढाईलेखाईमा अरुभन्दा अग्रपंतिमा तपाईको नाम आउने तथा विजयको योग रहेको छ । व्यापार व्यवसायमा प्रशस्त नाँफा कमाउन सकिने छ, भने व्यवसायमा लगानि बढाई आम्दानीका स्रोतहरु बढाउन सकिने छ । मायाप्रेममा सामिप्यता बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- बिद्या तथा प्रतिस्पर्धामा सहकर्मिहरुलाई हराई नतिजा आफुतिर ल्याउन निकै नै मेहनेत गर्नुपर्नेछ । आफन्त तथा सन्तानको साथ सहयोग नपाईने हुनाले कामहरु सुस्त गतिमा अगाडी बढ्ने छ । प्रेममा एक अर्कालाई अबिश्वास गर्दा समस्या आउनेछ भने जीवनसाथिसँग सामान्य कुरामा पनि मनमुटाब बढ्ने छ । लेखन तथा साहित्यको क्षेत्रमा थालिएको काम अधुरै रहने छ । पेट सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- आमा,आफन्त तथा सहयोगीबाट भनेजस्तो सपोर्ट पाईने हुँदा मन प्रशन्न रहने छ । घर जग्गा तथा सवारीसाधन जोड्न सकिने छ । समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिने छ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । जीवनसाथिले हर क्षेत्रमा सहयोग गर्ने तथा मायाप्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिने छ । अध्ययनमा अली बढी समय दिन सक्दा प्रगती गर्न सकिने छ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- दौडधुप तथा लामो खटाईले मात्र कामरु सम्पादन हुनेछन् । पुराना मुद्दाहरुको निर्णय तपाईको पक्षमा नआउने तथा नया बिवादमा फस्ने योग रहेकोछ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागी फाईदा हुने छ । आफुभन्दा ठुला तथा प्रतिष्ठित व्यक्तिहरुसँग बिवाद बढ्ने योग रहेको छ । तरपनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिने छ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- परिवार तथा नजिकका मानिसबाट तपाईको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाईमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्नेलेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- आत्मबिश्वास बढ्ने हुनाले गाह्रो कामहरु पनि सहजै सम्पादन गर्न सकिने छ । व्यवसाय फस्टाएर जानेछ भने व्यवसायमा लगानी बढाउदा भनेजस्तो आम्दानी हुनेछ । निति नियम तथा कानुन अनुसार हुने फैसला तपाईकै पक्षमा हुनेछन् । पढाईलेखाई तथा प्रतिष्पर्धिमा तपाईकै नाम अग्र स्थानमा आउने छ । मायाप्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहने छ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
माघ २२, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ १८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ १४, २०८१ सोमबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार