विपक्षी एमालेले भन्यो, ‘प्रधानमन्त्रीकोे भारत भ्रमणबारे जानकारी छैन’
नेपालबहस संवाददाता
चैत १८, २०७८ शुक्रबार १३:२२:१२
१८ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको आजबाट हुने भारत भ्रमणका क्रममा नेपालले उठाउने विषयमा जानकारी नगराएको भन्दै असन्तुष्टि जनाएको छ ।
एमालेले प्रधानमन्त्रीले कुनैपनि देशको भ्रमण गर्दा विपक्षी दलहरुलाई त्यहाँ राखिने विषयहरुबारे जानकारी गराउने कूटनीतिक परम्परा समेत मिचेको आरोप लगाएको छ ।
एमालेले देश, जनता र विपक्षीले समेत जानकारी नपाएका विषयहरु बोकेर गरिने भ्रमण अपारदर्शी भएको बताएको छ ।
नेकपा एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले प्रधामन्त्री शेरबहादुर देउवा शुक्रबार भारत भ्रमणम जाने कुरा सञ्चारमाध्याबाट मात्र थाहा भएको भन्दै भारत भ्रमण र यसका एजेण्डबारे सरकार र प्रधामन्त्रीको सचिवालयबाट समेत औपचारिक सूचना समेत नआएको बताए ।
भट्टराईले देशको प्रधानमन्त्रीले कुनै पनि देशको भ्रमणमा जाँदा संसद भए संसद र नभए अन्य विपक्षी पार्टी र सम्बन्धी निकायहरुलाई जानकारी गराउने परम्परा देउवाले तोडेको बताउँदै देशले थाहा नपाएको मुद्धा बोकेर गएका प्रधानमन्त्रीको भ्रमणबाट कुनै उपलब्धी प्राप्त नहुने दावी गरेका छन् ।
एमालेले नेपाल सरकार र भारतसरकारबीच यसअघि देखिएका असमझदारी, केपी ओली नेतृत्वको सरकारले जारी गरेको नयाँ नक्शा, सीमा समस्या,सन्धी सम्झौता लगायतका विषयमा दलीय सहमति जुटाएर जानुपर्नेमा के विषय र किन प्रधानमन्त्री भारत जान लागेको भन्ने समेत थाहा नहुन दुःखद भएको जनाएको छ ।
प्रधानमन्त्रीले नेपाल र भारतीय सीमा क्षेत्रमा देखिएका समस्या, बढ्दो व्यापार घाटा र आयातमा देखिएको समस्या, इन्धनमा समस्यादेखि ईपीजीको प्रतिवेदन भारतले स्वीकार नगरिहेको कुराले दुई देशबीचमा बढेको अविश्वास हटाउन नसक्ने एमालेको ठहर छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार