ओलीको रोजाइमा गठबन्धनका असन्तुष्ट, पार्टीमा ल्याउनेदेखि पद दिने सम्मका आश्वासन
नेपालबहस संवाददाता
चैत १८, २०७८ शुक्रबार १४:१३:१७
१८ चैत, काठमाडौं । सत्तारुढ पाँच दलले गठबन्धन बनाएर निर्वाचनमा जाने रणनीति तय गरिरहेको बेला नेकपा (एमाले)ले गठबन्धनका असन्तुष्टलाई स्थानीय तहको उम्मेदवार बनाउने योजना बनाएको छ ।
नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिँदा असन्तुष्ट रहेका अन्य स्थानीय तहका नेतालाई एमालेमा प्रवेश गराउनेदेखि राजनीति पद दिलाउनेसम्मका रणनीति अनुसार जाने योजना बनाएको हो ।
‘बरु पराजित भए स्वीकार्ने तर चुनाव लडने मनस्थिति गरेर पाँच वर्षदेखि गृहकार्य गर्दै आएका नेतालाई पाँच दलीय गठबन्धनले टिकट नदिए तीनका भावना एमालेले सम्वोधन गर्नेछ,’ एमाले अध्यक्ष केपी ओली शर्मा निकट एक नेताले भने, ‘त्यसका लागि स्थानिय तहमा पाँच दलले पाउने उम्मेदवार र नपाउने असन्तुष्ट नेतालाई याद गर्न अध्यक्ष ओलीले निर्देशन दिनु भएको छ ।’
उनका अनुसार सुरुमा पार्टीले गाउँपालिका, महानगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाबाट उम्मेदवार सिफारिस गर्ने र साथसाथै पाँच दलीय गठबन्धनका सम्भावित असन्तुष्ट नेताको नामावली संकलन गर्न अध्यक्ष ओलीले गोप्य रुपमा निर्देशन दिएका छन् ।
कांग्रेसका सुदूरपश्चिम, कर्णाली र गण्डकीका सभापतिसँग ‘ट्रयाक टु’ वाट वार्तासमेत गराइरहेका ओलीले वडादेखि नै त्यसका बारेमा टिपोट गर्न सुझाएको ती नेताले जानकारी दिए ।
कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेतासँग सँगसँगै वार्ता गरिरहेका ओलीले गठबन्धनबाट असन्तुष्ट नेतालाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएको माओवादीका एक नेताले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार