व्यवसायीद्वारा इन्धन ढुवानी बन्द, बाँकी इन्धनले उपत्यकालाई डेढ दिन पनि नधान्ने
नेपालबहस संवाददाता
चैत १८, २०७८ शुक्रबार १६:५९:४
१८ चैत, काठमाडौं । विभिन्न प्रकारका इन्धन ढुवानी गर्दै आएका व्यवसायीहरुले शुक्रबार (आज) देखि ढुवानी बन्द गरेका छन् । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी देशभर बन्द गरेका हुन् ।
आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी व्यवसायीहरुले ढुवानी गर्दै आएका थिए । आजदेखि नेपाल आयल र व्यवसायीबीच सहमति नभएसम्म नेपाली सेना, साझा र साल्ट ट्रेडिङबाट हुने ढुवानी मात्रै नियमित हुनेछ ।
नेपाल आयल निगम कर्मचारीकाअनुसार सरकारी तहबाट भइरहेको ढुवानी बन्द नहँदा पनि बजारमा सवै खाले इन्धको सम्स्या उत्पन्न हुनेछ । काठमाडौंमा इन्धन आपूर्ति गर्ने निगमको थानकोट डिपोबाट गएरातीसम्म १३ लाख लिटर डिजेल र ११ लाख लिटर पेट्रोल पम्पहरुले उठाएका छन् । यो इन्धनले काठमाडौं उपत्यकामा करिब डेढ दिनको माग पनि नधान्ने अवस्था छ ।
व्यवसायीले बन्द गरेपछि ढुवानीमा संलग्न १४ सय ट्यांकर र करिब १ हजार बुलेटबाट पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्याँसको दैनिक आपुर्ति प्रभावित हुने भएको छ । व्यावसायीको अवरोध कायमै रहे देशभर पेट्रोलियम पदार्थको अभाव हुनसक्नेछ ।
घोडेजात्र बिदा परेकाले आज आयल निगमले औपचारिक रुपमा वार्ता गर्न नसक्ने जनाएको छ । व्यवसायीहरुले पनि निगम माग पुरा गराउने सहमतिमा नआएसम्म ढुवानी बन्दको कार्यक्रम जारिरहने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार