लमजुङका ४१ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप
नेपालबहस संवाददाता
चैत १८, २०७८ शुक्रबार १७:१२:३३
१८ चैत, लमजुङ । लमजुङका ४१ हजार बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाइने भएको छ । जिल्ला खोप समन्वय समिति र स्वास्थ्य कार्यालयले २५ देखि ३० चैतसम्मको अवधिमा बालबालिकामा उक्त खोप लगाउने तयारी गरेको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए । उनका अनुसार जिल्लामा रहेका ४१ हजार २ सय १६ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइनेछ ।
सरकारले २५ चैतदेखि १८ वैशाखसम्म खोप अभियान गर्ने भए पनि लमजुङमा भने ६ दिनमात्र गर्ने भएको हो । मुख अमर दवाडीका अनुसार १५ महिनादेखि ५ वर्षमुनिका पाँच हजार ७०५ जना र विद्यालयमा रहेका १५ वर्षसम्मका ३५ हजार ५११ जना बालबालिकालाई खोप दिइने भएको हो ।
खोप अभियानमा ९८२ स्वयंसेवक परिचालन गरिनेछ । लमजुङमा विगत तीन वर्षको तथ्यांकानुसार बर्सेनि तीन हजार मानिसहरूमा टाइफाइड भएको पाइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
स्वास्थ्य बिमा ऐन संशोधन, बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार