१ करोड ६ लाखको खानेपानीले दैनिक जीवन परिवर्तन
नेपालबहस संवाददाता
चैत १८, २०७८ शुक्रबार १७:३८:५१
♦ प्रकाश डोटेल
१७ चैत, स्याङ्जा । खानेपानीको समस्या भौग्दै आएका स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. २ मा निर्माणाधिन दुईवटा खानेपानी आयोजना सञ्चालनमा आएसँगै १ सय ६६ घरधुरीका ८ सय नागरिक खानेपानीबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।
गण्डकी प्रदेश सरकारको १ करोड छ लाखको लागतमा निर्माण गरिएको च्याउखोला खानेपानी योजनाबाट ८६ घरधुरीका ४ सय २५ लाभान्वित भएका छन् भने संघीय सरकारबाट प्राप्त ९५ लाख ४८ हजार ५ सय १३ रुपैयाँको लागतमा निर्मित ठूलाधारा लिफ्टिङ् खानेपानी योजनाबाट ८० घरधुरीका ३ सय ७५ नागरिक लाभान्वित भएको वडाध्यक्ष हिमालयजंग बानियाँले बताए ।
खानेपानी योजना अव्वस्थित हुनाका साथै बस्ती बढ्दै जाँदा पानी अपुग भएपछि प्रदेश सरकारको सहयोगमा च्याउखोला मुहान मर्मत गरी पानी ल्याएर वितरण गरिएको च्याउखोला आयोजना उपभोक्ता समितिले जनाएको छ ।
उक्त खानेपानी योजना निर्माण भई सञ्चालनमा आएसँगै फेदीखोला गाउँपालिका २ का तल्लोगाउँ, माथिल्लो गाउँ, नाङ्गडाँडा, कल्लेरी, बेसारे गाउँलगायत ८६ घरधुरीका प्रत्येक घरमा धारा जडान गरिएको छ । योजना मर्मत सम्भारका लागि मासिक ५० संकलन गर्न थालिएको समितिका अध्यक्ष बम बहादुर गुरुङले जानकारी दिए ।
लिफ्टिङबाट फेदीखोला २ का तल्लो कुँडुलेका ८० घरमा खानेपानीको पहुँच पुगेको ठूलाधारा आयोजना उपभोक्ता समिति अध्यक्ष दीपेन्द्र सुवेदीले जानकारी दिए । योजना संचालनमा आएसँगै गाउँभन्दा करिब एकसय मिटर तल रहेको ठूलाधारा मुहानबाट पानी बोकेर ल्याउनुुपर्ने बाध्यता हटेको छ ।
अहिले घरघरमै पानीको धारा जडान गरिएसँगै यहाँका बासिन्दाको दैनिक जीवनमा परिवर्तन आउने अपेक्षा गरिएको छ । घरघरमै पानी आएपछि पानी बोक्नका लागि दैनिक खर्चिनुपर्ने समय अन्य आयमूलक कार्यमा लगाउन सकिने विश्वास समितिका अध्यक्ष सुवेदीले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना महानगरले शीघ्र कार्यान्वयन गर्ने
माघ १, २०८१ मंगलबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार
ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना महानगरले शीघ्र कार्यान्वयन गर्ने
माघ १, २०८१ मंगलबार