कामना सेवाद्वारा थप दुई शाखा रहित बैंकिङ सेवा सञ्चालन
नेपालबहस संवाददाता
चैत १८, २०७८ शुक्रबार १८:५:१४
१८ चैत, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ छैठौं र सातौं शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।
बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७८ साल चैत्र १७ गते बिहीबारबाट मोरङ जिल्ला पथरी शनिश्चरे न. पा. वडा नं. ०९ को आर. के. मोवायल सर्भिस सेन्टरमा छैठौं शाखा रहित बैंकिङ सेवा र लेटाङ वडा नं. ०९ मदनचोक को ए . वि. मेडिकल हलमा सातौं शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
पथरी शनिश्चरे नगरपालिकाका मेयर श्री दिलिप कुमार राई ज्यूले आर. के. मोवायल सर्भिस सेन्टरमा र लेटाङ वडा नं. ०९ का वडा अध्यक्ष्य श्री कृष्ण लुइँटेल ज्यूले ए . वि. मेडिकल हलमा शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा बैंकका तर्फबाट प्रदेश प्रमुख खिमलाल भुषाल, बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो ।
शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
न्यायाधीश नियुक्तिबारे न्याय परिषद्मा छलफल सुरु
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार