बजेटमा व्यस्त अर्थमन्त्री, १७ खर्ब ४५ अर्बको सीमाभित्र कार्यक्रम अटाउँनै हम्मे
नेपालबहस संवाददाता
चैत १८, २०७८ शुक्रबार १८:२२:५०
१८ चैत, काठमाडौं । आगामी बजेटको सुझाव संकलनका क्रममा आएका जिज्ञासाहरुलाई साम्य बनाउन अर्थमन्त्री जनार्दन शर्माले किसानका बारी र व्यवसायीका गोदाममा उज्यालो छिर्ने गरी बजेट तयारी भइरहेको बताएका थिए । यसै पनि विश्व अर्थतन्त्रमा आइरहने परिवर्तन र त्यसले नेपाल जस्ता मुलुकलाई पार्ने असर जस्ता अर्थतन्त्रका चलयमान परिवर्तनहरुलाई सहजै आंक्नसक्ने क्षमता अर्थमन्त्री एक्लैमा छैन ।
पछिल्लो समयमा आएका महामारी, राजनीतिक उतावचढावसँग दाँजेर बजेट तयार पार्न सहज पनि छैन । राष्ट्रिय योजना आयोगले अर्थमन्त्रालयलाई दिएको सिलिङभित्र बसेर बजेट बनाउन अर्थमन्त्रालयलाई जहिल्यै पनि हम्मे नै पर्छ, चाहै ति जो सुकै र जती सुकै विज्ञ अर्थमन्त्री हुन् ।
बजेटबारे सरोबारवालाहरुसंगको छलफलपछि सुझाव लिने र लिएक सुझावलाई मस्यौदा समितिले मिलाउने काम गरिरहेको छ । मन्त्री आफै पनि मन्त्रालका कर्मचारी र सरोकारवालाहरुसां छलफलमा खटिरहेकै छ ।
मन्त्रालयका कर्मचारीले दिएको सूचनाअनुसार सिलिङभित्र बजेट बनाउन गाह्रो छ । यतिबेला चुनावी चहपहलले गर्दा राजनीतिक दलका नेताहरुको चाप बजेट तयारीमा जुटेकाहरुलाई खासै छैन । तर, राजनीतिक दवाव आउन थालेपछि अहिले तयार भइरहेको मस्यौदामा धेरै केरमेट गर्नुपर्ने अनुभव उनीहरुसँग छ । आगामी आर्थिक वर्षको बजेट घोषणा हुन अब दुई महिना पनि छैन ।
जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधानअनुसार क्यालेन्डरभित्र काम सक्न शर्मा लागिरहेका छन् । उनले बजेटको तयारीमा अर्थ मन्त्रालयलाई चैत १ गतेदेखि नै औपचारिक रूपमा बजेट निर्माण खटाएका हुन् । अहिले अर्थमन्त्री जनार्दन शर्मासहित अर्थ मन्त्रालयका अधिकारी विभिन्न क्षेत्रका सरोकारवाला र विज्ञसँग परामर्श गरिरहेका छन् ।
अर्थ मन्त्रालयले अन्य मन्त्रालय÷निकायसँग आव २०७९÷८० को बजेटमा समावेश गरिने नीति तथा कार्यक्रमको उपलब्धि सूचक पनि माग गरिसकेको छ । त्यस्तै प्रदेश र स्थानीय तहबाट कार्यान्वयन हुने कार्यक्रम तथा आयोजनाको मार्गदर्शन पठाउने, ससर्त अनुदानको बजेट तथा कार्यक्रम सम्बन्धमा प्रदेशका प्रतिनिधिसँग गरिने छलफलको तालिका स्वीकृत गरी पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।
यसबाहेक राष्ट्रिय योजना आयोगमा चैत १० गतेदेखि बजेटसम्बन्धी नीतिगत छलफल पनि सुरु भइसकेको छ । मन्त्रालयले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको वातावरण, निजी क्षेत्रमैत्रीलगायतका विषयलाई प्राथमिकतामा राखेर बजेट निर्माण हुने जनाएको छ ।
यतिबेला अर्थ मन्त्रालयमा पाँच जनाको टोलीले नयाँ बजेटको मस्यौदा तयार गर्ने काम गरिरहेको छ । सरोकारवालासँगको छलफलको आधारमा प्राप्त सुझावलाई समेटेर मस्यौदा लेख्ने काम सुरु पनि भइसकेको छ । अर्थमन्त्री जनार्दन शर्माको अध्यक्षतामा फागुन २९ गते बसेको बैठकले मन्त्रालयका सहसचिव भूपाल बरालको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेको थियो ।
समितिमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख ईश्वरी अर्याल, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बाबुराम सुवेदी छन् ।
१७ खर्ब ४५ अर्बको सीमा बजेट निर्माण हुनुपूर्व राष्ट्रिय योजना आयोगले स्रोत सुनिश्चितताका आधारमा ‘सिलिङ’ तोक्ने गर्छ । आगामी आवका लागि पनि आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा रहेको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी तीन आर्थिक वर्षका लागि नै बजेटको सीमा तोकेर अर्थ मन्त्रालयलाई पठाइसकेको छ ।
आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ४५ अर्ब रुपियाँको सीमा निर्धारण गरेको छ । त्यस्तै आव २०८०÷८१ का लागि १९ खर्ब ३१ अर्ब र आव २०८१÷८२ का लागि २१ खर्ब ९२ अर्ब रुपियाँको सीमा तोकेको छ ।आयोगले फागुन २६ गते नै अर्थ मन्त्रालयलाई उक्त सीमा पठाइसकेको थियो । यससँगै संवैधानिक निकाय तथा क्षेत्रगत मन्त्रालयका लागि समेत आगामी तीन वर्षको बजेट सीमा पठाइसकेको छ ।
आगामी आर्थिक वर्षका लागि बजेट स्रोतका रूपमा १३ खर्ब ५९ अर्ब रुपियाँ राजस्व सङ्कलन हुने प्रक्षेपण पनि आयोगले गरेको छ जसमध्ये प्रदेश र स्थानीय तहमा बाँडफाँट भएर एक खर्ब ४९ अर्ब रुपियाँ राजस्व हस्तान्तरण हुने प्रक्षेपण छ । त्यस्तै २१ ऋर्ब अनुदान, दुई खर्ब २८ अर्ब बाह्य ऋण र दुई खर्ब ५७ अर्ब आन्तरिक ऋण सङ्कलन गर्ने अनुमान पनि आयोगको छ ।
आयोगले आगामी तीन वर्षको बजेट सीमा निर्धारण गर्दा आगामी आर्थिक वर्ष आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने लक्ष्य राखेको छ । त्यसपछि आव २०८०÷८१ मा ६.९ प्रतिशत र २०८१÷८२ मा ७.१ प्रतिशतको वृद्धिदर हुने लक्ष्य राखिएको आयोगले जनाएको छ ।
त्यस्तै आगामी आर्थिक वर्ष प्रतिव्यक्ति आय एक हजार ४४६ डलर पु¥याउने लक्ष्य पनि आयोगले लिएको छ । त्यसपछिका दुई आर्थिक वर्षमा क्रमशः एक हजार ५९८ र एक हजार ७७१ डलर प्रतिव्यक्ति आय पु¥याउने लक्ष्य पनि आयोगले सार्वजनिक गरेको छ ।
अर्थ मन्त्रालयले आगामी बजेटका लागि सार्वजनिक रूपमा पनि सुझाव माग गरेको छ । बजेट तथा कार्यक्रमलाई जनमुखी र प्रतिफलमुखी बनाई जनअपेक्षा सम्बोधन गर्ने उद्देश्यसहित सरोकारवाला सबैसँग सुझाव माग गरिएको मन्त्रालयले जनाएको छ । सुझाव चैत मसान्तभित्र पेस गरिसक्नुपर्नेछ । यसछि मात्रै बजेट कसरी आउँछ भन्ने बारे एकिन गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार