कांग्रेसभित्र बसेर कांग्रेसकै खेदो खन्नेलाई पार्टी छोडेर जान नेता सिंहको चेतावनी
नेपालबहस संवाददाता
चैत १८, २०७८ शुक्रबार १९:८:६
१८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमा सिंहले कांग्रेस हुँ भन्दै बसिरहने तर बाहिर आएपछि कांग्रेसको खेदो खनेर विरोध गर्ने नेता तथा कार्यकर्तालाई पार्टी छोडेर जान चेतावनी दिएका छन् । उनले पार्टीमा बसेर विरोध मात्रै गरिरहनेलाई पार्टीले तत्काल कारवाही गर्नुपर्ने पनि बताए का छन् ।
काठमाडौ क्षेत्र नं. १ ले नयाँ बानेश्वरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा सिंहले कांग्रेस पार्टीको निर्णयअनुसार स्थानीय आवश्यकताका आधारमा गठबन्धन गरेर निर्वाचनमा जाने भन्दै पार्टीले गरेको निर्णय नमान्नेहरूले पार्टी छाडेर जानुपर्ने दावी गरे ।
उनले कांग्रेसभित्र बसेर कांग्रेसलाई कमजोर बनाउनेहरू पार्टीमा बस्नु उपयुक्त नहुने बताउँदै आफूलाई क्रान्तिकारी भन्ने पार्टीका केही नेताहरूले जानाजान गठबन्धनविरुद्ध बोलेर अनावश्यक भ्रम छरेको आरोप लगाए ।
पार्टीभित्र एकथरी समूह नियोजित रूपमा आफ्नो स्वार्थ पूरा नभएपछि व्यक्तिगत रूपमा चरित्र हत्याको अभियानमा लागेकोसमेत उनको भनाई छ । नेता सिंहले गठबन्धन जनताको म्यान्डेट नभए पनि परिस्थितिले मुलुकको आवश्यकता बन्न पुगेको बताए । उनले संविधान जोगाउन गठबन्धन आवश्यक भएकाले चुनावसम्मै गठबन्धन कायम रहने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार