बल्ल प्रकासित गर्यो साल्ट ट्रेडिङ कर्पोरेशनले दोस्रो त्रैमासको रिपोर्टः व्यापार खस्किदै जादा पर्यो मुनाफामा धक्का ?
नेपालबहस संवाददाता
चैत १८, २०७८ शुक्रबार १९:५०:३६
१८ चैत, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बल्ल आएर चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गरेको छ । अन्य कम्पनीले तेस्रो त्रैमासको वित्तीय विवरण प्रकासित गर्ने समयमा आएर साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
चालु आवको दोस्रो त्रैमाससम्ममा आइपुग्दा कम्पनीको मुनाफामा उच्च गिरावट देखिएको छ । कम्पनीको व्यापार खस्किदै जादा कम्पनीको मुनाफामा धक्का लागेको छ ।
कम्पनीले १ करोड २७ लाख ७९ हजार ७११ रुपैयाँ मुनाफा गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले २ करोड ५२ लाख ३७९ रुपैयाँ मुनाफा गरेको थियो । जुन मुनाफा चालु आवको दोस्रो त्रैमासको तुलनामा करिब ४८ प्रतिशत बढि हो ।
चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको बिक्री आम्दानीमा उच्च गिरावट आउदा सम्रग मुनाफा घटेको हो । कम्पनीको उत्पादन बिक्री मार्फत ३ अर्ब ५१ करोड आम्दानी गर्न सफल भएको छ । सो आम्दानी गत वर्षको दोस्रो त्रैमाससम्म ५ अर्ब ८९ करोड रहेको थियो ।
कम्पनीको चुक्ता पूँजी २३ करोड ४ लाख रुपैयाँ पुगेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेड कोषमा १ अर्ब ३१ करोड रुपैयाँ सञ्चित गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रतिशेयर आम्दानीका गिरावट देखिएको छ ।
सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ दशमलव ०९ रुपैयाँ (वार्षिक) ,मूल्य आम्दानी अनुपात ६२० दशलमव ४१ र प्रतिशेयर शेयर नेटवर्थ ४५५ दशमलव २१४ रुपैयाँ रहेको छ ।
हेरौं कम्पनीको लाभांश ऐतिहास
अधिल्ला वर्षहरुमा करिब ३० प्रतिशतको हाराहारीमा शेयरधनीलाई लाभांश दिइरहेको कम्पनीले गत आवको मुनाफाबाट १० दशमलव ५ प्रतिशत मात्र लाभांश दिन सफल भयो ।
कम्पनीको खस्किदो ब्यापारले गर्दा आगामी वर्षमा लाभांश दर झनै घट्ने अनुमान गर्न सकिन्छ । पछिल्लो दिन कम्पनीको खस्किरहेको व्यापार र घट्दो लाभांश दरले शेयरधनीलाई निरास पारेको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार