बेकाम हुँदै कांग्रेसको परिपत्र, डेटलाइनभित्र उम्मेदवार सिफारिस असम्भव बन्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
चैत १८, २०७८ शुक्रबार २०:७:१
![](https://nepalbahas.prixacdn.net/media/albums/nepali-congress-flag-tree-nanda_OpImR5ZBSB.jpg)
१८ चैत, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका क्रममा वडा अध्यक्षको सम्भावित उम्मेदवार सिफरिस गर्न डेटलाइन तोकेर दिएको समय सकिन लाग्दा समेत तल्लो तहले अहिलेसम्म सिफरिस पठाउन सकेको छैन । कांग्रेसले परिपत्र जारी गर्दै चैत २१ भित्र आकांक्षीको नाम छानेर उपल्लाे तहमा सिफारिस पठाउन निर्देशन दिएको थियो ।
कांग्रेसले तलको तहलाई दिएको डेटलाइन सकिन अब तीन दिन मात्र बाँकी छ । तर, अहिलेसम्म कुनै पनि तहले उम्मेदवार सिफारिस गर्न सकेका छैनन् । कांग्रेस केन्द्रीय कार्यालयमा बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले बिहीबार ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै उम्मेदवार सिफारिसको तालिका पठाएको छ ।
परिपत्र अनुसार जिल्ला कार्यसमितिले वडा कार्यसमितिलाई वडाध्यक्षका उम्मेदवारको सिफारिस गर्न भनिएको छ । वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवार हुन चाहनेबाट निवेदन आह्वान गर्ने र चैत २० मा बैठक गरेर वडाध्यक्षका लागि तीन जनाको नाम सिफारिस गर्न भनिएको थियो ।
परिपत्रमा वडाध्यक्ष सिफारिस गर्दा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्नुपर्ने भनिएको छ । यस्तै वडा सदस्यका लागि खुला दुई सिटमा दुई महिलासहित ६ जनाको नाम सिफारिस गर्नुपर्नेछ । दलित महिला कोटामा बढीमा तीन जना दलित महिला मात्र सिफारिस गर्न कांग्रेसले भनेको छ ।
वडा कार्यसमितिले वडाध्यक्षका लागि सर्वसम्मत उम्मेदवार चयन गर्ने हो भने पनि चैत २० गते गरिक्नु पर्नेछ । जसमा दुइ दिन पनि बाँकी छैन् । वडाले चैत २१ गते वडाध्यक्ष र वडा सदस्यहरूको नाम सिफारिस गरी पालिका कार्यसमितिमा पठाउनुपर्ने हो । त्यसको पनि सुरसार नभएको पाइएको छ ।
पालिकाले भने २३ मा उम्मेदवार सिफारिस गर्नुपर्ने तालिका कांग्रेसको छ । पालिकाले उम्मेदवार सिफारिस गरेर प्रदेश सभा क्षेत्र पठाउनुपर्ने छ । प्रदेश सभा कार्यसमितिले चैत २५ मा उम्मेदवार सिफारिसको सूची प्रतिनिधिसभा क्षेत्रमा पठाउने र प्रतिनिधिसभा क्षेत्रले चैत २७ भित्र उम्मेदवार जिल्लामा पठाउनुपर्ने छ ।
जिल्लाले चैत २९ मा तल्ला तहबाट आएका उम्मेदवार सूची प्रदेशमा पठाउनुपर्ने र सम्बन्धित प्रदेशले वैशाख १ मा केन्द्रीय कार्यालयमा उम्मेदवार सूची पठाउनुपर्ने कांग्रेसको परिपत्रमा छ । उम्मेदवारको नाम माथिल्लो तहमा सिफारिस गर्नुभन्दा पहिले प्रत्येक कार्यसमिति बैठक गरी निर्णय गर्नुपर्ने पनि कांग्रेसले भनेको छ ।
निर्वाचन परिचालन समितिले उम्मेदवार सिफारिसका लागि परिपत्र गर्दै विधान अनुसारका संसदीय समिति, कार्यसम्पादन र अनुशासन समिति तत्काल गठन गर्न पनि निर्देशन दिएको छ । कांग्रेसमा उम्मेदवारलाई टिकट दिन प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा संसदीय समिति रहने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार