सेनाले आयोजना गर्ने हाइअल्टिच्युड ट्राइ एडभेन्चर जेठमा
नेपालबहस संवाददाता
चैत १८, २०७८ शुक्रबार २१:५९:२०
१८ चैत, काठमाडौं । नेपाली सेनाले जेठ पहिलो साता हाइअल्टिच्युड ट्राइ–एडभेन्चर खेलकुदको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ । शुक्रबार आर्मी मुख्यालय भद्रकालीमा पत्रकार सम्मलेन गर्दै सेनाले ७ जेठमा क्लाइम्बिङ, दौड र साइक्लिङ विधा समावेश गरी प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो ।
पत्रकार सम्मेलनमा नेपाली सेनाको शारीरिक सुगठन तथा तालिम केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेत तथा सेनानी राजीव चन्दलगायतको सहभागिता थियो । आर्मीले यसअघि २०७४ र २०७५ सालमा राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो ।
अब भने आर्मीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा श्रीलंका, बंगलादेश, चीन, अमेरिका, बेलायत, भारत, पाकिस्तान, दक्षिण कोरिया, इजरायल र माल्दिभ्सबाट मिलिटरी टिमको सहभागिता रहनेछ । त्यसबाहेक नेपालबाट सिभिलसमेत गरी १५ टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा १०० मिटर क्लाइम्बिङ, ४ दशमलब ७५ किलोमिटर दौड र १५ दशमलब ३५ किलोमिटर साइक्लिङ विधा समावेश गरिएको छ । एउटा टोलीमा दुईजना खेलाडी रहनेछन् ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले तीन लाख, उपविजेताले दुई लाख र तेस्रो हुनेले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै महिला विजेताले एक लाख, उपविजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउने चन्दले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
मस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार