दर्शकप्रति विश्वस्त छन् अनमोल केसी
नेपालबहस संवाददाता
चैत १८, २०७८ शुक्रबार २२:१४:५८
१८ चैत, काठमाडौं । अभिनेता अनमोल केसीले नेपाली फिल्म ‘ए मेरो हजुर ४’ स्तरीय बनेको बताउदै दर्शकप्रति विश्वस्त रहेको बताएका छन् । अनमोलले नेपाली फिल्म पछिल्लो समय स्तरीय बनिरहेको प्रतिक्रिया दिँदै भने, ‘तपाईहरूलाई फिल्म हेर्ने र नहेर्ने अधिकार छ । हामीले पनि नाक खुम्च्याउनुपर्ने फिल्म बनाएका छैनौ । म आफैँ पनि युथ भएकाले ढुक्क साथ भन्न सक्छु ।’
उनले आफूलाई स्टारडमभन्दा पनि नेपाली दर्शकप्रति विश्वास रहेको प्रतिक्रिया दिए । ‘नेपाली फिल्मलाई माया गर्ने दर्शक र मलाई यो स्थानसम्म पुर्याउने फ्यानप्रति पूर्ण विश्वत छु’ अनमोलले भने । अनमोल झैँ निर्माता सुनिलकुमार थापाले पनि नेपाली फिल्म नै प्राथमिकतामा पर्ने बताए । ‘हामी विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्दैछौं । हामी नेपालमा छौँ । यहाँ त साथ पाउने नै छौँ,’ सुनिलले भने । उनले नेपाली फिल्मलाई दर्शकसम्म पुर्याउन वितरक र प्रदर्शकको साथ चाहिने बताए ।
निर्देशक झरना थापाले पनि स्तरीय फिल्म बनाउने कोसिस गरेकाले हेरेर प्रतिक्रिया दिन दर्शकलाई आग्रह गरिन् । ‘हामीले के कस्तो काम गर्यौं भनेर मूल्यांकन गरिदिने दर्शक हुन् । सल्लाह, सुझाव र हौसलाको सदैव अपेक्षा रहने छ,’ निर्देशक थापाले भनिन् । फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार