हिमालयन हाईड्रो एक्सपोमा जलविद्युत् प्रवर्दनमा बहुआयामिक छलफल हुने

नेपालबहस संवाददाता
चैत १९, २०७८ शनिबार १५:३४:२७

१९ चैत, काठमाडौ । जलविद्युत् क्षेत्रका नविनतम प्रविधि प्रदर्शनीदेखि सरोकारका सवै विषयवस्तुमा बहस छलफल गर्ने गरी शनिबारदेखि हिमालयन हाईड्रो एक्सपो सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रमस्थल भृकुटीमण्डपमा बिहान ११ः३० बजे एक्सपोको उद्घाटन गर्नुहुने छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) र एक्सपो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा आयोजना गरेको तीन दिने एक्सपोको उद्घाटन पूर्व वृहद विद्युतीय सवारी ¥याली पनि आयोजना हुनेछ । भृकुटी मण्डपबाट शनिबार विहान ७ बजे सुरु हुने ¥याली फर्पिङ जलविद्युत् गृह पुगेर फर्कने छ ।
देशकै सवैभन्दा ठूलो भनिएको हार्डड्रो एक्सपोमा विभिन्न विषय बस्तुमा तीनै दिन विभिन्न शत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञहरुका बीचमा छलफल हुनेछ । पहिलो दिन शनिबार जलविद्युत् आयोजना निर्माणमा नयाँ प्रविधि, उत्पादित विद्युत्को बजारीकरण तथा यसका समस्या र हरित हाईड्रोजनका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।
प्रविधि सम्बन्धी सत्रमा भिब्रो सिस्टम क्यानडाका रविशेख दिक्षितले हाईड्रो युनिटको उपयुक्त सञ्चालन तथा मर्मतमा प्रतुति दिनु हुनेछ । त्यस्तै डा. सिबास्टियन पाल्टले सेडिमेन्ट व्यवस्थापनमा बोल्नु हुनेछ । सिनेटेकका म्यानेजर मनोज भट्टराईले जलविद्युतकाे राष्ट्रिय तथा अन्तररष्ट्रिय क्षेत्रमा उपलब्ध नविन प्रविधिबारे चर्चा गर्नुहुनेछ । हरित हाइड्रोजनका सम्बन्धमा ब्रिटिश हाई कमिशन इण्डियाका वरिष्ठ उर्जा सल्लाहकार मिलिण्ड गोडब्लेले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
दोस्रो दिन चैत २० गते आईतबार जलविद्युत् क्षेत्रमा हिमालयन हाईड्रो एक्सपोमा जलविद्युत् प्रवर्दनमा बहुआयामिक छलफल हुनेशपरिवर्तन, वातावरणीय तथा सामाजिक विषयवस्तुमथि छलफल हुँदैछ । सोहीदिन नै दोस्रो सत्रमा विद्युतीय सवारी साधान तथा विद्युतीय भन्साको वर्तमान अवस्था र भविश्यका संभावनामा विज्ञहरुले छलफल गर्ने भएका छन् ।
यो सत्रमा बैकपिक ऊर्जा प्रवर्दन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी, नेपाल विद्युत् प्राधिकरणका सागरमणि ज्ञवाली लगायत सहभागी हुनुहुनेछ । तेस्रो सत्रमा जलविद्युत् आयोजनामा वित्तीय तथा अन्य स्रोत व्यवस्थापनका विषयमा विशेष अन्तरकृया गर्ने तय गरिएको आयोजकले जनाएको छ । नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यान लगायतका व्यक्तित्व उक्त सेसनमा सहभागी हुनुहुनेछ ।
तेस्रो दिन चैत २१ गते सोमबार दुईवटा सत्र तय गरिएको छ । पहिलोसत्रमा नेपालमा विद्युत् उत्पादन र उपभोगका विषयमा सरोकारवाला विज्ञले छलफल गर्नेछन् । सो सत्रमा विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह, नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीप कुमार थिके, प्राध्यापक अमृतमान नकर्मी, हाईड्रो सोलुसन्सका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान लगायत सहभागी हुनुहुने तय भएको छ । अन्तिम सत्रमा जलविद्युत् क्षेत्रको नीतिगत विषयबस्तुमा छलफल गरिने भएको छ ।
ऊर्जा जलश्रोत सिँचाईमन्त्री पम्फा भूषालको विशेष उपस्थिति हुने सो सत्रमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. कृष्णप्रसाद ओली र उर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवाल सहभागी हुनु हुनेछ । नेपाली जलविद्युतकाे बजार प्रवद्र्धन भन्ने नाराका साथ आयोजना गरिएको यस हाइड्रो एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा बृद्धि गर्न र बिदेशमा निर्यात गर्न बजारीकरणको ठूलो ज्ञान र सूचना प्राप्त हुने अपेक्षा आयोजकको छ ।
यस एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीहरु लगायत सय वटा भन्दा बढी स्टल बुकिङ भइसकेका छन् । जसमा बिदेशी स्टलसमेत रहेका छन । एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने छ ।
यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रो पावरमा रोबोटर्सको भूमिका विशेष आकर्षणका रुपमा प्रतुत गरिँदैछ । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकर्न २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरुको प्रतिष्पर्धा एक्स्पोमा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफागुन १० गतेदेखि आयोजना हुने स्वयम्भू महोत्सवको तयारी अन्तिम चरणमा
फागुन ६, २०८१ मंगलबार
प्रणय दिवसको अवसरमा सौराहामा आजदेखि खाना उत्सव सुरु
माघ २९, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
'स्काइवाक टावर'मा प्रधानमन्त्री ओली
फागुन ७, २०८१ बुधबार
ओडिसा घटनाबारे परराष्ट्रमन्त्रीले गरिन् भारतीय शिक्षामन्त्रीसँग कुराकानी
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीले गरे ७ जनाको हत्या
फागुन ७, २०८१ बुधबार
ओडिसाबाट जोगबनी हुँदै ७५ जना विद्यार्थी नेपाल फर्किए
फागुन ७, २०८१ बुधबार
'स्काइवाक टावर'मा प्रधानमन्त्री ओली
फागुन ७, २०८१ बुधबार
ओडिसा घटनाबारे परराष्ट्रमन्त्रीले गरिन् भारतीय शिक्षामन्त्रीसँग कुराकानी
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीले गरे ७ जनाको हत्या
फागुन ७, २०८१ बुधबार
ओडिसाबाट जोगबनी हुँदै ७५ जना विद्यार्थी नेपाल फर्किए
फागुन ७, २०८१ बुधबार
'स्काइवाक टावर'मा प्रधानमन्त्री ओली
फागुन ७, २०८१ बुधबार
ओडिसा घटनाबारे परराष्ट्रमन्त्रीले गरिन् भारतीय शिक्षामन्त्रीसँग कुराकानी
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार