सरकारी पेट्रोल पम्पमा उपभोक्ताको लाइन
नेपालबहस संवाददाता
चैत १९, २०७८ शनिबार २१:५६:३३
१९ चैत, काठमाडौं । निजी पेट्रोल पम्पले पेट्रोलियम पदार्थ वितरण बन्द गरेपछि सरकारी तथा सहकारी पेट्रोल पम्पमा भीड बढेको छ ।
आगामी दिनमा पेट्रोल अभाव हुन सक्ने भन्दै मोटरसाइकल तथा साना सवारी चालक पेट्रोल पम्पमा लाइन लाग्न थालेका हुन् ।
नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएपछि पम्पमा सर्वसाधारणको लाम लागेको हो । अहिले नेपाली सेना, पुलिस र सशस्त्रका पम्पमा सवारी साधनको बाक्लो लाइन लागेको छ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले समस्या समाधानका लागि वार्ता भए पनि सफल हुन नसकेको बताए । निजी पेट्रोल पम्पले बुझाएको ६ बुँदे मागका विषयमा निगमले वार्ता गरे पनि निष्कर्षमा पुग्न नसकेको उनको भनाइ छ ।
नियमले निजी कम्पनीलाई पेट्रोलियम पदार्थको वितरण नरोक्न माग गरिरहेको उपाध्यायको भनाइ छ । इन्डियन आयल कर्पोरेसनले शुक्रबार निगमलाई पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य घटे पनि एलपी ग्यास, डिजेल, मट्टितेललगायतको मूल्य बढेको छ ।
ग्यास मट्टीतेलमा भएको मूल्यवृद्धिका कारण निगमको घाटा पनि चुलिएको छ। पछिल्लो मूल्य सूची अनुसार निगमको घाटा एक महिनामै १० अर्ब रुपैयाँ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
आजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार