निर्वाचन लोकतन्त्रको जग हो, उत्सवको रुपमा लिनुपर्छः सञ्चारमन्त्री

नेपालबहस संवाददाता
चैत १९, २०७८ शनिबार २२:१४:३२

१९ चैत, विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचनलाई सबैले उत्सवको रुपमा लिएर सहभागी हुनुपर्ने बताएका छन् ।
विराटनगरमा तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको नवनिर्मित भवन उदघाटन गर्दै उनले आगामी तीनै तहको निर्वाचन सबै सहभागी भएको, निष्पक्ष र धाँधलिरहित ढंगले सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
लोकतन्त्रको जगको रुपमा रहेको आवधिक निर्वाचनलाई सबैले उत्सवको रुपमा लिएर सफल बनाउनुपर्ने उनको सुझाव छ ।
जनताको संघर्षबाट राजनीतिक उपलब्धिहरु प्राप्त भएपनि जनताको जीवनस्तरमा परिवर्तन नआइसकेको भन्दै उनले राज्यले साधन स्रोत प्रयोग गरेर आगामी १० वर्षभित्र देशलाई दक्षिण एशियाको धनी बनाउने गरी वर्तमान पुस्ता अगाडि बढ्नु पर्ने बताए ।
मन्त्री कार्कीले सञ्चारग्राम भावना मात्र नभई खोज र अनुसन्धानको महत्वपूर्ण केन्द्रसमेत रहेको बताए । ‘सञ्चारग्राम भावना मात्र होइन अध्ययन, अनुसन्धान अन्तरक्रिया र गतिविधिका लागि महत्वपूर्ण छ,’ मन्त्री कार्कीले भने ‘खोज अनुसन्धान र मिडिया उन्नयनका लागि भइरहेको ठाउँको अभाव यो सञ्चारग्रामले पूरा गरेको छ ।’
लामो पहल र प्रयत्नपछि प्रदेश १ मा निर्माण भएको सञ्चारग्राम उद्देश्यअनुरुप सञ्चालन हुने विश्वास उनले व्यक्त गरे । विराटनगर महानगरपालिकाले जग्गा उपलब्ध गराएकै कारण सञ्चारग्राम बन्ने वातावगरण बनेको भन्दै उनले आगामी दिनमा पनि महानगरको पूर्ण सहयोग रहने विश्वास व्यक्त गरे ।
रेडियो नेपालको रेडियो प्रसार सेवा विकास समिति अन्तर्गत रहेको तारिणिप्रसाद कोइराला सञ्चारग्रामबाट शुक्रबारबाटै विराटनगर महानगरपालिकाले महानगर एफ.एम. सञ्चालन आरम्भ गरेको छ ।
विराटनगर महानगरपालिकाले उपलब्ध गराएको ६ कठ्ठा १८ धुर जग्गामा रेडियो नेपालले २० करोड रुपियाँको लगानीमा आधुनिक भवन निर्माण गरी सञ्चारसम्बद्ध विभिन्न काम गर्न तथा व्यवस्थित सूचना केन्द्रको रुपमा प्रयोग गर्न भवन निर्माण गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार