कार्यवाहक प्रधानमन्त्री खाँणको निर्देशनपछि इन्धन आपूर्तिका विषयमा छलफल हुँदै
नेपालबहस संवाददाता
चैत १९, २०७८ शनिबार २२:४९:२३
१९ चैत, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न पहल नगरे सरकारले कडा कदल चाल्ने चेतावनी दिएपछि सरकारी पक्ष र आन्दोलनरत पक्षबीच छलफल हुने भएको छ । केहीबेर पछि दुबै पक्षबीच समस्या समाधानको छलफल गर्ने तयारी गरिएको छ ।
गृहमन्त्री खाँणको निजि सचिवालयले दिएको जानकारीअनुसार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी समेत निभाइरहेका खाँणले नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याल, आपूर्ति सचिव गणेश पाण्डे र नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइतलाई तत्काल वार्तामा बसेर समस्याको समधान खोज्न निर्देशन दिएका छन् ।
खाँणको निर्देशनपछि छलफलको तयारी भएको हो । खाँणले दुबै पक्षसँग तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन् । उनले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदा नचाहँदै कठोर हुनपर्ने अवस्था सिर्जना नगराउन चेतावनी दिएको बताइएको छ ।
पेट्रोल ढुवानी तथा बिक्री वितरणमा देखिएको समस्या सुल्झाउन शनिबार साँझ ५ बजेपछि आन्दोलनरत पक्षसँग वार्ता गर्ने तयारी भइरहेको बताइएको छ । पेट्रोलियम पदार्थमा देखिएको समस्या निगमसँग वार्ता गरी टुंग्याउन भनेपछि व्यवसायीहरु वार्तामा बस्न सहमति भएका छन् ।
व्यवसायी र डिजेल ढुवानीकर्ताहरूले डिजेलको भाउ बढेपछि भाडा पनि बढाइनु पर्ने, डिजेल पेट्रोल बोक्ने ट्यांकरको भाडा बढाइनु पर्नेलगायतका माग राखेर पेट्रोलियम पदार्थ बिक्री वितरण बन्द गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार