राजनीतिक हस्तक्षेपले ‘चेन अफ कमाण्ड’मा खिया लाग्दै नेपाल प्रहरी
नेपालबहस संवाददाता
चैत २२, २०७८ बुधबार ०:७:५९
२२ चैत, काठमाडौं । राजनीतिक नेतृत्वलाई प्रहरी अधिकारीहरूले विश्वास दिलाउन नसक्दा व्यक्ति विशेषका लागि एआईजी दरबन्दी कटौती गर्ने र थप्ने काम हुँदै आएको छ । पञ्चायतकालको अन्तिमदेखि अहिलेसम्म नेपाल प्रहरीभित्र राजनीति हावी हुँदै आएको छ ।
यो क्रम २०४९ सालमा चरम देखियो, २०५४ मा झन विकाराल रुप लियो भने २०६२/०६३ को जनआन्दोनपछि र २०७४ सालमा यसले चरम रुपको हस्तक्षेप देखायो । प्रहरीभित्र बिगत लामो समयदेखि नै यस्तो हुँदै आएको छ । लामो समयदेखि राजनीतिक हस्तक्षेप हुँदा प्रहरी संगठन थिलोथिलो मात्र भएको छैन, नेतामुखी हुँदै परनिर्भरता बढ्दै जाँदा चेन अफ कमाण्ड पनि ध्वस्त भएको छ ।
प्रहरी कर्मचारीले व्यक्तिगत रूपमा नेताहरूको घरघरमा पुगेर राजनीतिक हस्तक्षेप निम्त्याएको सबैको बुझाई छ । यसले गर्दा प्रहरी ऐन, नियमभन्दा दलका नेताहरू बलिया हुन गई ‘चेन अफ कमान्ड’ बिग्रिएको छ । आईजीपीलाई भन्दा सरुवा र बढुवा हुँदैन तर तल्लो तहको भएपनि नेताको फेरो समात्यो भने कार्यसम्पादन राम्रो नभएको प्रहरी अधिकारीको पनि बढुवा र सरुवा दुवै हुने गरेको छ । प्रहरी ऐन–२०१२ संशोधनका लागि तयार गरिएको मस्यौदाले पनि सार्थक रूप लिन सकेको छैन । राय, परामर्शका नाममा कहिले गृह त कहिले कानुन मन्त्रालयका टेबुलमा घुमिरहेको छ मस्यौदा ।
प्रहरी नियमावली–२०७१ दर्जनौंपटक संशोधन गरी बलमिच्याइँ गरिएको छ । २०७७ मंसिरमा तत्कालीन एमाले नेतृत्वको केपी ओली सरकारले डीआईजीबाट एआईजीमा विश्वराज पोखरेललाई एकल बढुवा ग¥यो। त्यतिबेला वर्तमान आईजीपी थापाकै ब्याचीहरू प्रद्युम्न कार्की र निरजबहादुर शाही एआईजी हुन बाँकी थिए ।
डीआईजी सुशील भण्डारीको काभ्रेमा सवारी दुर्घटनामा निधन भएपछि रिक्त रहेको कोटामा १९ वैशाख २०७६ मा पोखरेललाई एमालेले डीआईजी बनाइएको थियो । त्यसको आठ महिनामा उनी फेरि एमाले कै कृपामा एआईजी भएका थिए । पोखरेलको कार्यक्षमता उनका ब्याचीमा औसत मानिए पनि उनलाई वर्तमान आईजीपी थापाको उत्तराधिकारीका रूपमा हेरिएको थियो ।
औसत कार्यक्षमता भएकै कारण पोखरेलको ब्याचमा धीरजप्रताप सिंह, दिवेश लोहनी र उत्तमराज सुवेदी आईजीपीका लागि ‘ग्रुमिङ’ भएका अधिकारी थिए । तर एसपी हुँदा कर्मचारी प्रशासनमा रहेका पोखरेलले एसएसपी बढुवाका बेला यी सबैलाई पछाडि पारे । डीआईजी र एआईजी बढुवामा पनि उनको आफ्नो ब्याचीका अरूसँग भेट भएन । अहिले भने पोखरेल, सहकुल बहादुर थापा, सिंह र रवीन्द्र धानुकको भेट भएको छ । अब आईजीपीका लागि चारजना प्रतिस्पर्धी देखिएका छन ।
राजनीतिक हस्तक्षेपले नेपाल प्रहरीलाई अनुशासनहीन पनि बनाउँदै लगेको छ । ‘प्रहरीमा अनुशासन निकै महत्त्वपूर्ण हुन्छ । अनुशासन जति कमजोर हुँदै जान्छ, प्रहरीको काम–कारबाही पनि त्यति नै प्रभावित हुन्छ । पछिल्ला दिनमा अनुशासन खस्कँदो छ । देश चलाउनुपर्ने राजनीतिले प्रहरी संगठनमा अनावश्यक हस्तक्षेप गर्दाको परिणाम हो यो,’ पूर्व डीआईजी हेमन्त मल्लको टिप्पणी छ । प्रहरीको सरुवाबढुवा नै नेताको घरघरबाट हुन थालेपछि उसले आफ्नो हाकिमलाई टेर्देन र काम लगाउन कठिन हुने उनको टिप्पणी छ । ‘हाकिमलाई भन्यो काम हुँदैन, तल्लो तहको नेताले भन्यो काम हुन्छ, यस्तो सोचेका हुन्छन् संगठन र हाकिमप्रति उनीहरुले, उत्तरदायी बन्नुपर्छ भन्ने ठान्दैनन’, पूर्व डीआईजी मल्लले भने ।
प्रहरीमा राजनीतिक हस्तक्षेपले सिपाहीको सरुवा पनि कार्यालय प्रमुखले गर्ने अवस्था छैन । ‘आफ्नो सरुवाबढुवा, कार्यालयबाट हुन्छ भन्ने विश्वास नै छैन, नेताको घर गए चाडै हुन्छ भन्नेछ’, प्रहरीका एक अधिकारी भन्छन् ‘ कार्यालय प्रमुखले भन्दा सिपाहीले चाडो काम फत्ते गरेर आउँछन् ।’ एक प्रहरीका अनुसार नेपाल प्रहरीलाई सईहरुले नै चलाउने गरेका छन् । नेताको पीएसओ निजी सुरक्षा गार्ड) हुनेदेखि कार्यालयको सामान्यभन्दा सामान्य काम गर्ने नै सई तहका प्रहरी भएकाले उनीहरुले संगठनको मूख्य पाटो चलाउने गरेका छन् ।
सुरक्षा महाशाखा अन्तरगत नेताको पीओसोमा सई तहका कर्मचारी जाने गरेका छन् । लेखामा पनि सई तहकै कर्मचारी जान्छन । यसैगरी विभिन्न कार्यालयमा पनि सईकै कमाण्डमा धेरै स्थानमा अप्रेशन हुने भएकाले उनीहरु बलिया हुँदा प्रहरी संगठन नै बेलाबखत सईहरुले चलाउने गरेका छन् । हाकिमहरुलाई नेताहरुसँग भेटाउनेदेखि हाकिमलाई कुरा लगाउनेसम्मको काम उनीहरुले नै गर्छन । ‘नेपाल प्रहरीमा सबैभन्दा बढी नेताहरुको नजिक सई तहकै कर्मचारी हुने गरेका छन्, बेला बखत सईको सरुवामा ठूलै लफडा हुने गर्छ’, एक प्रहरी कर्मचारीले भने ।
दण्ड जरिवानामा परेका प्रहरी अधिकारी सत्तानिकट भएकै योग्यतामा रोज्जा ठाउँमा जानलाई राजनीतिक फेर समात्ने गरेका छन्, जसका कारण इमान्दार प्रहरी अधिकारीहरु सधैं अन्यायमा परेका छन् । पछिल्लो समय हरेक जसो बढुवामा राजनीतिक नेतृत्व हावी हुँदै गएको छ । एसएसपी, एसपी र डीएसपी बढुवामै व्यापक चलखेल हुँदै आएको छ । डीआईजी बढुवामा चरम हस्तक्षेपले त व्यवसायिक अधिकृतहरु राजीनामा नै दिने मनिस्थितिमा पुग्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
मंसिर १५, २०८१ शनिबार
बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार