कसका पालामा कति एआईजी ? कसरी हुन्छ हस्तक्षेप ?
नेपालबहस संवाददाता
चैत २५, २०७८ शुक्रबार १७:१६:५६
२४ चैत, काठमाडौं । नेपाल प्रहरीमा २०४२ सालमा एआईजीको दरबन्दी एउटा रहेको थियो । त्यसबाट बढाउँदै आफू अनुकुल तीनदेखि १६ सम्म बनाइयो । सरकारमा गएका राजनीतिक दलहरूले आफू अनुकूल बनाउँदै ३ देखि १३ हुँदै १६ जनासम्म पुर्याएका थिए । दरबन्दी बढाउँदा र घटाउँदा प्रहरी संगठनमा पर्ने सकारात्मक र नकारात्मक दीर्घकालीन असरबारे सरकारले कुनै अध्ययन गरेको छैन ।
जथाभावी संख्या थपघट गर्दा ‘चेन अफ कमान्ड’ मा चल्ने सुरक्षा संगठनमा दुविधा उत्पन्न भइरहने गरेको छ । व्यक्तिको आवश्यकताभन्दा सांगठनिक आवश्यकताका आधारमा सर्वेक्षणपछि मात्र दरबन्दी थपघट गर्नुपर्ने हुन्छ तर प्रहरीमा दरबन्दी प्रहरी हाकिमको लहड र चरम राजनीतिक महत्वाकांक्षाको आधारमा हुने गरेको छ ।
माथिल्ला तहमा व्यक्तिको बढुवा गर्न दरबन्दी बढाइने र घटाइने गर्दै प्रहरी संगठनलाई आवश्यकता भन्दा पनि व्यक्तिको आवश्यकताको आधारमा तय गर्न थालिएको छ । राज्यको आवश्यकताका आधारमा घटाइएने वा बढाइने भन्दा पनि व्यक्ति वा राज्य कसको आवश्यकता अनुसार दरबन्दी घटबढ गर्ने कुनै मापदण्ड नहुँदा प्रहरी संगठनमा यस्ता समस्या बारम्बार निम्तने गरेको छ ।
२०४२ सालमा तत्कालीन आईजीपी दिलबहादुर लामाको कार्यकालमा एआईजीको एउटा मात्र दरबन्दी थियो । पूर्व आईजीपी प्रकाश अर्यालसम्म आइपुग्दा एआईजीको दरबन्दी बढेर १६ जनासम्म पुग्यो । सर्वेन्द्र खनालको कार्यकालमा प्राविधिकसहित ४ जना बनाइएको थियो भने शैलेश थापाको पालामा प्राविधिकसहित ९ बनाइएको छ । तत्कालिन प्रधानमन्त्री केपी ओलीले सरकारमा आउने वित्तिकै एआईजीको दरबन्दी ४ जना मात्र कायम गर्ने निर्णय मन्त्रिपरिषदबाट गराएका थिए । तर उनी सरकारबाट बाहिरिदै गर्दा अरु दुई दरबन्दी थप गरे । पूर्वआईजी उपेन्द्रकान्त अर्यालको कार्यकालमा तीन पटक एआईजीको दरबन्दी संख्या थपिएको थियो ।
तत्कालीन गृहमन्त्रीहरू बामदेव गौतम र विमलेन्द्र निधिले प्रहरी संगठनभन्दा आफ्ना पार्टीगत आवश्यकतामा एआईजी दरबन्दी थपघट गरेका थिए । गौतमले मन्त्रिपरिषदबाटै निर्णय गराएर एआईजीको दरबन्दी ३ मात्र कायम गराएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाको मन्त्रिपरिषदमा गृहमन्त्री रहेका निधिले एआईजीको दरबन्दी थपेर १६ पुर्याए । प्रदेशमा प्रहरीको नेतृत्व गर्न एआईजी पठाउनुपर्ने भन्दै देउवाले आफ्नो कार्यालय धाउने प्रहरी अधिकारीको बढुवा गर्न गृहमन्त्रीमार्फत एआईजीको दरबन्दी १६ पु¥याएका थिए । दुवै गृहमन्त्री गौतम र निधिसँग केही समय बोलचालसमेत बन्द रहेका पूर्वआईजीपी उपेन्द्रकान्तले त्यसबेला प्रहरी संगठनको भन्दा पनि व्यक्तिको आवश्यकता पूरा गर्न एआईजी दरबन्दी बढाइएको दाबी गरेका थिए ।
यसको श्रृंखला हेर्न लोकेन्द्रबहादुर चन्दको सरकारतिर फर्केर हेर्न जरुरी छ । जतिबेला ध्रुबबहादुर प्रधान आईजीपी बनेका थिए, त्यतिबेला राजेन्द्रबहादुर सिंहलाई आईजीपीको लागि ग्रुमिङ गरिएको थियो । त्यसपछिका सरकारले राजेन्द्रबहादुर सिंहलाई पनि ०५९ सालमा एआईजीमा बढुवा गर्दै ३ वर्षपछि आईजीपी बन्न सहज हुने बाटो सिर्जना गरेको थियो । तर, शेरबहादुर देउवा नेतृत्वको सरकारले वरियतामा अगाडि रहेका सिंहलाई पाखा लगायो । भीम रावल गृहमन्त्री भएका बेला ०६६ सालमा पनि अर्जुनजंग शाहीलाई बढुवा गर्नका लागि प्रहरी महानिरीक्षकको सचिवालयमा एआईजीको दरबन्दी थपिएको थियो । ०७१ सालमा तेस्रोपटक गृहमन्त्री बनेका बेला बामदेव गौतमले केदार साउद र रमेशशेखर बज्राचार्यका लागि प्रहरीमा एआईजीका दुईवटा विशेष दरबन्दी थप गराएका थिए ।
त्यसबेला बढुवामा छुटेका डीआईजी यादवराज अधिकारी, सुशीलवरसिंह थापा, विश्वराजसिंह शाही र पर्शुराम खत्रीले सर्वोच्च अदालतमा रिट हालेका थिए । न्यायाधीश दीपकराज जोशी र ओमप्रकाश मिश्रको इजलाशले ८ असोज २०७१ मा उनीहरुलाई पनि एआईजीमा बढुवा गर्न आदेश दियो । त्यसपछि प्रहरीमा चारवटा एआईजीको विशेष पद सिर्जना गर्दै कुल एआईजीको संख्या १४ पुर्याइएको थियो । दुई वर्षपछि चार एआईजीको अवकाश भएसँगै विशेष पद खारेज भयो ।
तर, शेरबहादुर देउवा नेतृत्वको सरकारले पुनः चारवटा एआईजीको दरबन्दी थप गर्यो । त्यसको तीन महिना नवित्दै कात्तिक २० गते एआईजीको दरबन्दीलाई बढाएर १६ वटा पु¥याइयो । पछि ओली सरकारले ०७५ सालमा धेरै एआईजी अनावश्यक भएको र आर्थिक भार मात्रै बढाएको बताउँदै प्राविधिकसहित ४ वटा मात्र दरबन्दी कायम गर्रयाे । तर ओली सरकारले नै आफू निकटलाई आईजीपीमा स्थान सुरक्षित गराउन दुई दरबन्दी थपेको थियो । डीआईजीमा पनि प्राविधिकसहित ४२ जनाको दरबन्दी रहेकोमा ओली सरकारले १३ वटा कटौती गर्दै २९ मा सीमित गरेको थियो ।
कसका पालामा कति एआईजी (दरबन्दी)
आईजीपी —————————-एआईजी दरबन्दी
दिलबहादुर लामा ————————– १
मोतिलाल बोहोरा –————————- २
श्यामभक्त थापा – —————————–४
ओमविक्रम राणा –——————————- ७
उपेन्द्रकान्त अर्याल –—————————— १३
प्रकाश अर्याल –————————————-१६
सर्वेन्द्र खनाल –—————————————४
शैलेश थापा –——————————————८
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार