आईपीएल क्रिकेटमा लखनउसँग हैदरावाद पराजित
नेपालबहस संवाददाता
चैत २२, २०७८ मंगलबार १२:१२:९
२२ चैत एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल टी-ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदरवादले लगातार दोस्रो हार व्यहोरेको छ ।
मुम्बईमा सोमबार राति भएको खेलमा लखनउ सुपर जायन्टसँग १२ रनले पराजित हुँदै हैदरवादले लगातार दोस्रो हार व्यहोरेको हो । लखनउले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको हैदरवादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो । हैदरवादका राहुल त्रिपाठीले ४४ रन जोड्दा निकोलस पुरणले ३४ रन बनाए ।
वासिङ्गटन सुन्दरले १८ रन बनाए । लखनउका आभेस खानले ४ तथा जासन होल्डरले ३ विकेट लिए । कुर्नाल पाण्डयाले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । लखनउका लागि कप्तान केएल राहुलले ६८ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दिपक होडाले ५१ रनको अर्धशतकीय इनिङ खेले ।
हैदरावादका वासिङ्गटन सुन्दर, रोमारियो शेफार्ट र टी नाटराजनले २/२ विकेट लिए । लखनउको यो दोस्रो जित हो । लखनउ ३ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । २ खेलमा अंक जोड्न नसेकोको हैदरावाद पुछारमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
जनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई भव्य स्वागत, मधेसभर विजय उत्सवको तयारी
पुष १२, २०८१ शुक्रबार
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
पुष १२, २०८१ शुक्रबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार