पुटिनविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन बाइडेनको आह्वान
नेपालबहस संवाददाता
चैत २२, २०७८ मंगलबार १२:३७:१०
२२ चैत एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनविरुद्ध युद्ध अपराधका लागि मुद्दा चलाउन आह्वान गरेका छन् ।
उनले युक्रेनमा अमानवीय ढंगले हत्या र हिंसा गरेको कारण आफूले रुसमाथि थप नयाँ नाकावन्दी लगाउने बताएका छन् । बाइडेनले युक्रेनको बुचा सहरको स्थितीबारे स्मरण गराउँदै पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा दिएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राजधानी किभलाई घेर्ने सहरहरुमध्ये एक बुचाको स्थलगत भ्रमण गरेपछि बाइडेनको यो अभिव्यक्ति सार्वजनिक भएको हो । युक्रेनी अधिकारीहरुले बुचामा नागरिकका थुप्रै शव भेटिएको दाबी गरेका थिए । जेलेन्स्कीले रुसी कार्यलाई ‘आम नरसंहार’को संज्ञा दिँदै पश्चिम जगतलाई रुसमाथि कडा नाकावन्दी लगाउन आह्वान गरेका छन् ।
हालै रुसी नियन्त्रणबाट फिर्ता लिइएको बुचामा ४१० जना सर्वसाधारणको शव फेला परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोभिडसम्बन्धी जानकारी ‘केही नलुकाई’ साझा गरेको चीनको दाबी
पुष १६, २०८१ मंगलबार
जापानमा भारी हिमपात हुँदा दर्जनौँ उडान रद्द
पुष १६, २०८१ मंगलबार
ओलम्पिक, उथलपुथल र ट्रम्पको वर्षपछि विश्वले सन् २०२५ लाई स्वागत गर्दै
पुष १६, २०८१ मंगलबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार