मिष्टर नेपालमा ३६ युवाको भिडन्त
नेपालबहस संवाददाता
चैत २२, २०७८ मंगलबार १२:५१:१
२२ चैत, काठमाडौं । ‘मिष्टर नेपाल २०२२’ मा ३६ युवा भिड्ने भएका छन् । छनोट चरणको अडिसनबाट अन्तिम स्पर्धाका लागि यी प्रतियोगी छानिएका हुन् । छानिएका प्रतियोगी अहिले प्रशिक्षणमा जुटिरहेको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।
‘मिष्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस वर्षबाट नेक्स्ट मोडल्स नेपालले गर्ने भएको हो । १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाको सहभागीता रहेको प्रतियोगीतामा देशभरबाट सहभागी छन् ।
प्रतियोगीतामा काठमाडौबाट एलिस गिरी, स्वराज श्रेष्ठ, प्रविन बिके, रोनिस खड्गी, प्रसन्न राई, श्रृजन पाठक, विकाश गमाल रहेका छन्, काभ्रेबाट आकाश भैला, बिशाल महत, योगेश लामा तामाङ, जीवन गिरीले भाग लिएका छन् ।
त्यस्तै आयुष खड्का धनुषा, कुसल नहर्की धादिङ, समिप शाही कैलाली, आयुष ढकाल, नुतन श्रेष्ठ, बिशाल कटुवाल, सविन श्रेष्ठ मोरङ, ईश्वर बोगटी, प्रकाश श्रेष्ठ सिन्धुपाल्चोक, कपालिक खनाल काभ्रेपलान्चोक, खिमराज शर्मा, सुरज आले बाँके, रुपेश महत्तो ललितपुर, रुपेश दाहाल, मानस कुमार राई ओखलढुङ्गा, डा. नरोतम तिवारी, प्रेम चन्द्र मण्डल पर्सा, प्रसिद्ध खाँड रुपन्देही, संजय पनेरु चितवन, नविन श्रेष्ठ नुवाकोट, अभिषेक चुडाल झापा, कैलास रावत कैलाली, दिपेन्द्र कुमार शर्मा सर्लाही रहेका छन् ।
यसपटक प्रतियोगीतामा डाक्टर, इन्जिनियर, अभिनेता लगायत ब्यक्तित्वको समेत सहभागीता रहेको नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।
प्रतियोगी अहिले अन्तिम प्रतिस्पर्धाको तयारी कक्षामा फिजिकल फिटनेश, मोटिभेसन सेसन, स्टेज पफमेन्स, पब्लिक स्पिकिङ, कम्युनिकेसन स्क्रिल लगायतका बिभिन्न विषयमा प्रशान्त ताम्राकार, माल्भिका सुब्बा, रोजिन शाक्य लगायतबाट प्रशिक्षण लिइरहेका छन् । प्रतियोगीताको कोरियोग्राफर प्रशान्त ताम्राकार हुन् ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्य रहेको प्रतियोगीताको फाइनल स्पर्धा आगामी बैशाख ३ गते आयोजना हुदैछ । प्रतियोगीतामा आफुमा मनपरेको प्रतियोगीलाई जिताउन इसेवा मार्फत मिष्टर नेपाल सर्च गरेर भोटिङ समेत गर्न सकिनेछ ।
आगामि बैशाख ३ गते अन्तिम स्पर्धा हुने प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२३’ मा सहभागिताको अवसरको अलवा ५ लाख नगदसहित विभिन्न ब्राण्डको ब्राण्ड एम्बेसर, फेस अफ ब्राण्ड, विज्ञापन, म्युजिक भिडियो र फिल्म अभिनय अवसर प्राप्त गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार