समृद्धि फाइनान्सको हकप्रद शेयर बिक्रीमा
नेपालबहस संवाददाता
चैत २२, २०७८ मंगलबार १६:२३:२५
२२ चैत, काठमाडौं । समृद्धि फाइनान्सले हकप्रद शेयर बिक्रीमा ल्याउदै छ । कम्पनीले ९ लाख ४० हजार ४६६ कित्ता अवितिरत हकप्रद शेयर बिक्रीमा ल्याउने भएको हो।
फाइनान्सले फागुन ८ गतेदेखि २९ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गर्न लागेको हो। फाइनान्सले संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो।
सो शेयर खरिदका लागि लगानीकर्ताले चैत २९ गतेदेखि २०७९ बैशाख ७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। शेयरको न्यूनत मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। संस्थापक शेयरमा न्युनतम १००० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने सर्वसाधारणमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ।
फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। सो शेयर खरिद गर्न लगानीकर्ताले बिक्री प्रबन्धकका साथै बैंक अफ काठमाण्डूको विराटनगर, विरगंज, पोखरा, बुटवल, नेपालगंज, विरेन्द्रनगर र धनगढीका तोकिएका शाखा र समृद्धि फाइनान्सको केन्द्रिय कार्यालय तथा काठमाडौँ, चितवन, पोखरा र बुटवल शाखा कार्यालयमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार