कांग्रेसले व्यापार घाटा घटाउन निर्यातमूलक उद्योगलाई संरक्षण गर्ने नीति ल्याउँछः महामन्त्री थापा
नेपालबहस संवाददाता
चैत २२, २०७८ मंगलबार १७:१०:४५
२२ चैत काठमाडौं । नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेट र जारी गर्ने घोषणापत्रका लागि व्यवसायीहरुसँग सुझाव लिने क्रम जारी राखेको छ । नेपाली कांग्रेको स्थानीय तह निर्वाचनको घोषणापत्र तयार गर्ने जिम्मेवारी समेत पाएका महामन्त्री गगनकुमार थापाले कांग्रेसले लिने नीतिका बारेमा पनि व्यवसायीसँग सुझाव लिएका छन् ।
यसै क्रममा थापाले व्यवसायीसँग आयात प्रतिस्थापन र निर्यातमूलक उद्योगलाई संरक्षण गर्ने नीति ल्याउने बताएका छन् । फेडरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएसनका अध्यक्ष पवनकुमार गोल्यानले महामन्त्री थापालाई नीतिगत सुधार गर्नुपर्ने विषयमा लिखित सुझाव दिने क्रममा थापाले यस्तो बताएका हुन् ।
महामन्त्री थापाले मुलुकमा व्यापार घाटा बढिरहेका बेला स्वदेशमा उत्पादन हुन सक्ने वस्तुको आयात निरुत्साहित गर्ने नीति ल्याउने तयारी गरिरहेको बताए । सरकार बजेट निर्माणको क्रममा रहेकाले मुलुकको अर्थतन्त्र आत्मनिर्भर बनाउन कांग्रेसले पहल गर्ने थापाको भनाई छ ।
उनले आगामी बजेटमा राख्नुपर्ने विषयका बारेमा विभिन्न पक्षसँग छलफल तथा सुझाव लिने काम गरिरहेका छन् । नेपाली कांग्रेको स्थानीय तह निर्वाचनको घोषणापत्र तयार गर्ने जिम्मेवारी पाएका थापाले कांग्रेसले लिने नीतिका बारेमा पनि व्यवसायीसँग सुझाव लिएका छन् ।
एसोसिएसनले सरकारले जैविक कृषि उपजलाई प्राथमिकता दिने नीति अवलम्बन गर्नुपर्ने, उच्च दरमा आयात महसुल तथा एन्टी डम्पिङ करको व्यवस्था गर्नुपर्ने, दुर्गम स्थानमा उत्पादन भएको कृषि उपज तथा वन पैदावारमा ढुवानी अनुदानको व्यवस्था गर्नुपर्ने, बजारीकरणको व्यवस्था गर्नुपर्नेलगायत माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार