प्रधानमन्त्री देउवालाई देशको आर्थिक अवस्थाबारे अन्तरक्रिया गर्न सुझाव
नेपालबहस संवाददाता
चैत २२, २०७८ मंगलबार १७:५५:९
२२ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई देशको आर्थिक अवस्थाका बारेमा राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग अन्तरक्रियाको आयोजना गर्न गठबन्धन दलका नेताहरुले सुझाव दिएका छन् । देउवालाई सरकारले बजेट तयारी गरिरहेको अवस्थामा सबै सम्बन्धित क्षेत्रसँग छलफल गर्न भनिएको हो ।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका नेताहरूको बैठकमा सो सुझाव दिइएको हो ।
देशको आर्थिक अवस्था संकटग्रस्त भएकाले विज्ञहरूलाई राखेर अन्तरक्रिया गरेर त्यसको वास्तविक अवस्था र त्यसको सुधारका लागि गर्न सकिने के हो, त्यसका बारेमा नेताहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
आजको बैठकमा प्रधानमन्त्री देउवाले भारत भ्रमणका विषयमा ‘ब्रिफिङ’ गरेका थिए । समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष पेस भएको बैठकमा सहभागि एक नेताले बताए । सरकारले देशको आर्थिक अवस्थाबारे अन्तरक्रिया गर्ने निर्णय भएको पनि जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’
पुष ९, २०८१ मंगलबार
जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान
पुष ९, २०८१ मंगलबार
एकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार
छविको सकिएपछि सुरुहुन्छ रवि लामिछानेको बयान
पुष ९, २०८१ मंगलबार
झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार