बेलायतको टेङ्गोपेबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु, तीन महिना निःशुल्क सेवा
नेपालबहस संवाददाता
चैत २२, २०७८ मंगलबार १८:४२:३८
२२ चैत, काठमाडौं । इसेवा मनी ट्रान्सफर र टेङ्गोपेबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यस सम्झौता संगै, बेलायतमा बसोवास तथा काम गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई पैसा पठाउँदा टेङ्गोपेको मोबाइल एप तथा वेबसाइटबाट अनलाइन सेवा प्रयोग गर्दै इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा तुरुन्तै रेमिट्यान्स पठाउन सकिनेछ ।
रेमिट्यान्स सोझै सम्बन्धित व्यक्तिको बैंक खातामा र देशभर ५० लाख प्रयोगकर्ताको सञ्जाल रहेको इसेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिनेछ । टेङ्गो पेबाट पैसा पठाउँदा सुरुको ३ महिनासम्म कुनै शुल्क लाग्नेछैन ।
विदेशबाट टेङ्गोपे मार्फत अनलाइन पठाएको रेमिट्यान्स नेपालभर रहेका १८ हजार बढी भुक्तानी केन्द्रबाट समेत तुरुन्तै प्राप्त गर्न सकिनेछ । त्यस्तै,पाउने व्यक्तिले पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरेर अतिरिक्त रु। ७७ बोनस रकम समेत प्राप्त गर्न समेत सकिनेछ ।
रेमिट्यान्स् सम्बन्धी सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका तर्फबाट सि।ई।ओ, अजेस कोइराला र टेङ्गोपेको तर्फबाट नेर्देशक बसिर संगर्वालले गरेका थिए ।
सम्झौताबारे बोल्ने क्रममा इसेवा मनी ट्रान्सफरका सि।ई।ओ कोइरालाले भने, “बेलायतमा नेपालीहरुको प्रभुत्व एकदमै ठुलो मात्रामा रहेको छ, र इसेवा मनी ट्रान्सफर र टेङ्गोपेको रेमिट्यान्स भुक्तानी सम्झौताले धेरै नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउँन एक नयाँ माध्यम थपिएको छ । यसबाट सहजै डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउन मिल्ने भएकाले पनि धेरै नेपालीले यस माध्यमको प्रयोग गर्ने कुरामा हामी विश्वस्त छौं” ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार