कसैलाई जबरजस्ती छैन, मन नलागे प्रतिबद्धतापत्रमा हस्ताक्षर नगरी जान सक्नुहुन्छः थपलिया
नेपालबहस संवाददाता
चैत २२, २०७८ मंगलबार १८:४८:४७
२२ चैत, काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आचारसंहिता प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न अनिच्छुक राजनीतिक दललाई हस्ताक्षर नगरी जान भनेका छन् । आचासंहितामाथि साना दलले हस्ताक्षर गर्न असहमति जनाउदै विवाद निकालेपछि उनले यस्तो बताएका हुन् ।
मंगलबारका लागि डाकिएको छलफलका क्रममा विवाद भएपछि प्रमुुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता कार्यान्वयन गर्ने मिति तोक्नुअघि प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्ने चलन भएको बताए । उनले कसैलाई सही गर्न मन नभए सही नगरी जान सक्ने भन्दै विवाद नगर्न आग्रह गरेका थिए ।
निर्वाचन आचारसंहिता प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न साना राजनीतिक दलले असहमति जनाएपछि बैठकमा केहिबेर होहल्ला समेत भएको थियो । आचारसंहिता प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न आयोगले मंगलबार बोलाइएको हो ।
निर्वाचन आयोगमा साना दलहरूले आचारसंहिता बनाउँदा आफूहरूलाई जानकारी नगराएको र हस्ताक्षर मात्रै गर्न बोलाइएको भन्दै ६ दल र निर्वाचन आयोगको सिन्डिकेटबाट आचारसंहिता निर्माण भएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार