कविता सुनुवारको हत्या प्रकरणमा दुई जना समातिए
नेपालबहस संवाददाता
चैत २२, २०७८ मंगलबार १९:८:७
२२ चैत, गाइघाट । उदयपुर बेलका नगरपालिका ३, बुद्धचौककी १५ वर्षीया कविता सुनुवारको रहस्यमय हत्यामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको विवरण भने प्रहरीले दिएको छैन ।
इलाका प्रहरी कार्यालय रामपुरकाअनुसार अनुसन्धानका लागि दुई जनालाई केही बेरअघि नियन्त्रणमा लिइएको हो । घटनाको अनुसन्धान भइरहेको र यसै क्रममा दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
पक्राउ पर्नेमा एक युवक र एक युवती छन् । उनीहरूमाथि थप अनुसन्धान गर्न अदालतको अनुमति चाहिने भएकाले प्रहरी टोली गाइघाट आएको छ । ट्युसन जान भनेर घरबाट निस्केकी कविता आज बिहान मृत फेला परेकी हुन् ।
यशोधा खोलाको डिलमा काठका मुढाहरू थोपरिएको ठाउँमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको थियो ।
उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ । स्थानीयवासीले हत्या नै भएको भन्दै नाराबाजी गरेका छन् ।
घटनास्थलनजिकै स्थानीय युवा, महिला र विद्यार्थीहरूले हत्यारा पत्ता लगाएर हदैसम्मको कारबाही माग गर्दै प्रदर्शन गरिरहेका छन् । स्थानीय श्री कोसी जनता उच्च मावि रामपुरमा कक्षा १० मा पढ्ने कविता बुद्धचौककी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’
पुष ९, २०८१ मंगलबार
जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान
पुष ९, २०८१ मंगलबार
एकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार
छविको सकिएपछि सुरुहुन्छ रवि लामिछानेको बयान
पुष ९, २०८१ मंगलबार
झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार