बीरगन्जमा पहिलोपटक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने
आबिद हुसेन
चैत २२, २०७८ मंगलबार १९:२८:६
२२ चैत, बीरगन्ज । बीरगन्जमा पहिलोपटक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । चैत २५ र २६ गते बीरगन्जको नगर सभागृहमा पर्सा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०७८ हुने भएको हो।
सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले करिब ३० लाखको लगानीमा प्रतियोगिता गर्न लागेको कार्यक्रम संयोजक वीरेन्द्र बहादुर कुर्मी क्षेत्रीले जानकारी दिए। उनका अनुसार दुई दिनसम्म चल्ने प्रतियोगिता नेपाल, भारत र बंगलादेशका गरी १७ टिमका करिब तीन सय खेलाडी सहभागी हुनेछन्।
नेपालबाट सातवटा प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरि १२ वटा टिमले सहभागिता जनाउने समितिका अध्यक्ष गणेशमान श्रेष्ठले बताए ।
भारतको सिक्किम, दार्जिलिङ, पन्जाब, दिल्ली र बंगलादेशका विभिन्न टिमले सहभागिता जनाउने भएका छन् । अगामी १४ औं साग गेम र १९ औं एसियन गेम इन्डोनेशियालाई समेत लक्षित गर्दै यही चैत २५ र २६ गते वीरगन्जमा तेक्वान्दो प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक वीरेन्द्र बहादुर कुर्मी क्षेत्रीले बताए ।
पर्सा जिल्ला तेक्वान्दो संघले २०५९ सालबाट नै स्वीकृति लिएर नियमित रुपमा तेक्वान्दो प्रतियोगीता गराउँदै आएको छ। संघका पदाधिकारी र सदस्यहरुको आर्थिक सहयोगमा पहिलो पटक यति ठूलो अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ।
प्रतियोगितामा पुरुषतर्फ अण्डर ४१ देखि ७४ र महिलातर्फ अन्डर ४१ देखि ५७ किलो तौल समूहमा खेलहरु हुने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः नगद ५० हजार, २५ हजार र १५ हजार पुरस्कार दिइने छ भने वेष्ट फाइटर एक महिला र एक पुरुषलाई २५÷२५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार