जुम्लामा राजनीतिक दलहरूको चुनाव केन्द्रीत गतिविधि तीव्र
नेपालबहस संवाददाता
चैत २२, २०७८ मंगलबार १९:३५:५०
२२ चैत, जुम्ला । स्थानीय तह निर्वाचन नजिकिँदै गएपछि जिल्लास्तरमा राजनीतिक दलहरूको चुनाव केन्द्रीत गतिविधि तीव्र बनेको छ । चुनावलाई केन्द्रमा राखेर दलहरूले गाउँमा आमसभादेखि मतदाता भेटघाट र घरदैलो जस्ता कार्यक्रमलाई तीव्र गतिमा गर्दै आएका हुन् ।
स्थानीय तहको निर्वाचन केन्द्रित भएर सत्ता गठबन्धनका जिल्लास्तरका नेताहरू समेत छलफलमा जुटेका छन् । सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले स्थानीय तहको निर्वाचन केन्द्रित छलफल गरेको माओवादी केन्द्र जुम्लाका संयोजक वीरबहादुर कुँवरले बताए ।
उनले भने, ‘नेपाली कांग्रेस सभापति कर्णबहादुर शाहीको संयोजकत्वमा सरकार गठबन्धन दल नेकपा माओवादी केन्द्र जुम्लाका संयोजक वीरबहादुर कुँवर र नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष नन्दराम रोकायाबीच छलफल भएको हो ।’
उम्देवार छनोटमा दललाई सकस
जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुखको उम्मेदवार छनोट गर्न गठबन्धनका दलहरूलाई निकै सकस पर्ने देखिएको छ । गठबन्धनभित्रका दलहरूभित्र प्रमुख उपप्रमुखका आकांक्षी धेरै देखिएपछि उनीहरूलाई छनोटमा सकस भएको हो ।
माओवादी केन्द्र र कांग्रेस अगाडि
२०७४ सालको निर्वाचनमा जुम्लामा आठ वटा स्थानीय तहमध्ये नगरपालिकासहित चार पालिकामा प्रमुख तथा दुई तहमा उपप्रमुख नेपाली कांग्रेस, तीन तहमा प्रमुख, पाँच तहमा उपाध्यक्षसहित नेकपा माओवादी केन्द्र, एक तहमा अध्यक्ष र एक तहमा उपाध्यक्ष नेकपा एमालेले विजय भएका थिए । यसैगरी नेकपा माओवादी केन्द्रले जिल्ला समन्वय समिति प्रमुख र नेपाली कांग्रेसको उपप्रमुखमा विजय हात पारेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार