फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपालबहस संवाददाता
चैत २३, २०७८ बुधबार ११:५९:३५
२३ चैत काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले मूल्य बढाएर प्रतिलिटर १६० रुपैयाँ पुर्याएको हो । त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पनि १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ।
निगमले हवाइ इन्धन आन्तरिकको प्रतिलिटर ५ रुपैयाँले बढाई १५६ रुपैयाँ पुर्याएको छ। हवाइ इन्धन अन्तर्राष्ट्रिय तर्फ अमेरिकी डलर ५० ले वृद्धि गरी प्रतिकिलोलिटर १ हजार ५ सय ४५ कायम गरिएको छ ।
एलपी ग्यासको मूल्य पनि १६ सय प्रतिसिलिन्डर कायम गरिएको छ। निगमले पछिल्लोपटक गरेको मूल्य समायोजनपछि १ महिनाको अनुमानित घाटा ९ अर्ब २७ करोड हुने जनाएको छ। यो आवमा हालसम्म ३३ अर्ब हाराहारीमा नोक्सानी व्यहोरेको निगमको दाबी छ ।
बढेको मूल्य मंगलबार राति १२ बजेदेखि नै कार्यान्वयनमा आएको छ । यसैबीच सरकारको मातहतमा रहेको मूल्य स्थिरीकरण कोषको सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन निगमलाई ४ अर्ब २० करोड दिने निर्णय गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० मा
पुष १५, २०८१ सोमबार
लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण
पुष १४, २०८१ आइतबार
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
पुष १७, २०८१ बुधबार
सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र इन्स्पेक्टरको मृत्यु
पुष १७, २०८१ बुधबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार