बुचामा भएका मृत्यु फर्जी प्रचारः रुस
नेपालबहस संवाददाता
चैत २३, २०७८ बुधबार १२:२४:५४
२३ चैत एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी दिमित्री मेदभेदभले युक्रेनी सहर बुचामा भएका मृत्यु फर्जी प्रचार भएको दाबी गरेका छन् ।
‘ यी नक्कली हुन् जुन युक्रेनी प्रचारको कल्पनामा परिपक्व हुन्छन्’ उनले भने । रुसी सेना फिर्ता भएपछि आक्रमणको बर्बरता चित्रण गर्ने डरलाग्दा तस्बिरहरू बुचा सहरमा सार्वजनिक भएका छन् । कुनै पनि युक्रेनी नागरिकले रुसी सेनाको हिंसात्मक कारबाहीको सामना गर्नु नपरेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले किभ बाहिरका दृश्यहरूलाई रुस विरोधी उत्तेजना भनेका छन् ।
तर, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युद्ध अपराध गरेको बताउँदै आएका छन् । हत्यालाई ‘नरसंहार’ र ‘युद्ध अपराध’ भन्दै राष्ट्रपतिले जेलेन्स्कीले भने, ‘हामीलाई थाहा छ कि बुचामा हजारौं मानिस मारिएका छन् । महिला बलात्कृत भएका छन्, बालबलिका मारिएका छन् । रुसले युद्ध अपराध गरेको छ । बुचामा सामूहिक चिहानहरू फेला परेको विवरण सार्वजनिक भएका छन् । तर, रुसले उक्त आरोप ‘नक्कली’ भएको बताएको छ ।
बुचामा पाँच अज्ञात सर्वसाधारणको शव हात पछाडि बाँधिएको अवस्थामा भेटिएका थिए । शवको टाउकोमा गोली लागेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोभिडसम्बन्धी जानकारी ‘केही नलुकाई’ साझा गरेको चीनको दाबी
पुष १६, २०८१ मंगलबार
जापानमा भारी हिमपात हुँदा दर्जनौँ उडान रद्द
पुष १६, २०८१ मंगलबार
ओलम्पिक, उथलपुथल र ट्रम्पको वर्षपछि विश्वले सन् २०२५ लाई स्वागत गर्दै
पुष १६, २०८१ मंगलबार
जैविक मल बनाएर २५ रुपैयाँ केजीमा बेच्दै विनयी त्रिवेणी गाउँपालिका
पुष १७, २०८१ बुधबार
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
पुष १७, २०८१ बुधबार
सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र इन्स्पेक्टरको मृत्यु
पुष १७, २०८१ बुधबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार