उत्कृष्ठ निर्यातकर्ता एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजलाई सम्मान
नेपालबहस संवाददाता
चैत २३, २०७८ बुधबार १६:३७:२४
२३ चैत, काठमाडौं । एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिज गत आर्थिक वर्ष २०७७–७८ को नेपालकै सबैभन्दा उत्कृष्ठ निर्यातकर्ता भएको छ। राजधानीमा सम्पन्न निर्यात व्यवसायी महासंघको कार्यक्रममा एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजलाई नेपालमै अलैची प्रशोधन गरी निर्यात क्षेत्रमा उल्लेखनिय योगदान गरेकोमा सम्मान गरिएको हो।
नेकपा एमालेका अध्यक्ष्य तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजका अध्यक्ष्य निर्मल भट्टराई लाई सम्मान पत्र प्रदान गरेका थिए । भट्टराई नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष पनि हुन्।
नेपालमै फलेको अलैंचीलाई विभिन्न प्रोसेसिङ्ग, लेवलिङ्ग र प्याकेजींग गरेर प्रशोधन गर्दै आएको एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजले गत बर्ष २८ करोड रुपैयाँ बराबरको अलैँची निर्यात गरेको थियो ।
नेपाल सहित विदेशी बजारमा लोकप्रिय बन्दै गरेको एभरेष्ट लार्ज कार्डममको प्रसोधन उद्योगअर्जुनधारा नगरपालिका–८, झापा मा स्थापित गरिएको छ। उद्योगमा भट्टराई सहितअन्य तिन व्यवसायीस् सञ्जिव घिमिरे, भरत चौधरी र रामकृष्ण विष्टको लगानी रहेको छ।
एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजले अहिले मिजाज माउन्टेन पल्र्स, मिजाज अलैंची पाउडर, मिजाज अलैंची दाना र मिजाज अलैंची गरी चार अलैंचीका प्रकारहरु उत्पादन गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
एनपीएलको तयारी पूरा : क्यान
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार