ललितपुर महानगरमा कांग्रेसभित्रै मेयरका आकांक्षी मिलाउन कठिन, महर्जनपछि न्याछ्योँकाे दावी
नेपालबहस संवाददाता
चैत २३, २०७८ बुधबार १९:८:१४
२३ चैत, ललितपुर । नेपाली कांग्रेसभित्रैबाट मेयरका आकांक्षीले दावी नछाड्ने अडान लिएपछि ललितपुर महानगरपालिकाको मेयर र उपमेयर सिफरिसमा तनाव देखिएको छ । केन्द्रबाटै मेयर र उपमेयरबारे निर्णय हुने भएपछि गठबन्धन दलहरुकैबीचमा पनि अहिले सम्म सहमतिको विन्दु भेटिएको छैन ।
पटक पटक जिल्ला तहमा गठबन्धनबीच भएको छलफलले सहमति कायम गर्न नसकेपछि कांग्रेसबाट मेयरका आकांक्षीहरु केन्द्रतिरै धाउन थालेका छन् । अघिल्लो स्थानीय तहको चुनावदेखि ललितपुर महानगरको मेयरका लागि दौडधुप गर्दै आएका भरतलाल न्याछ्योँले ललितपुरमा प्रमुख र उपप्रमुख दुवैमा कांग्रेसको दावी रहेको बताए ।
उनले भने, ‘ललितपुरमा नेकपा एकिकृत समाजवादीको ठूलो दावी छैन । नेकपा माओवादी केन्द्रले दावी गर्दै आएपनि अहिले सम्म प्रतिस्पर्धामा जान सक्ने व्यक्ति भेटिएको छैन । तर, उसले दावी गरिरहेको छ । गठबन्धनमा छलफल भएपनि कुनै सहमतिको विन्दु भेटिएको छैन । अहिलेसम्म कांग्रेसबीचमै टिकटका लागि मारामार छ । मैले अघिल्लो पट छाडेको हुँ, यो पटक मैले पाउनुपर्छ ।’
आकांक्षी धेरै हुँदा दलहरुभित्र पनि उम्मेदवार चयनको विषय सहज छैन । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख (मेयर र उपमेयर) पदमा जितेको थियो । यसपटक पनि कांग्रेसले ललितपुर महानगरको नेतृत्व आफ्नै पोल्टोमा पार्ने दावी गरेको छ तर उम्मेदवार को हुने भन्ने विषय भने निकै पेचिलो बनेको छ ।
महानगरपालिको मेयर पार्टीको केन्द्रबाटै सिफारिस हुने भएकाले ललितपुरको मेयरको उम्मेदवार कसलाई बनाउने भन्ने चर्चा र चासो कांग्रेसभित्र व्यापक छ र टिकट हात पार्न नेतृत्वका आकांक्षीहरुको दौडधुप उस्तै छ ।
कांग्रेसभित्रै मेयरका लागि अहिलेसम्म करिव आधा दर्जन नेताहरु दौडधुपमा छन् । अहिलेका मेयर चिरिबाबु महर्जनको पनि दावी कायमै छ । पार्टीभित्र पनि उनीपछि भरतलाल न्याछ्यौँ देखिएका छन् भने प्रेमकृष्ण महर्जन, राजेश महर्जन, उपमेयर गिता सत्यालको पनि दावी कायमै छ ।
मेयरका दावेदार प्रेमकृष्ण महर्जन २०५४ सालको स्थानीय निकायको निर्वाचनमा उपमेयरको उम्मेदवार र २०७४ सालमा भएको प्रदेशको निर्वाचनमा ललितपुर क्षेत्र नं २ ‘ख’ को उम्मेदवार थिए । तर, पराजित भए ।
यसपटक पनि कांग्रेसले ललितपुर महानगरको नेतृत्व आफ्नै पोल्टोमा पार्ने दावी गरेको छ तर उम्मेदवार को हुने भन्ने विषय भने निकै पेचिलो बनेको छ ।
प्रेमकृष्णले दुइपटक अवसर पाएर पनि जित्न नसकेको भन्दै चिरीबाबुको विकल्पका रूपमा भरतलाल न्याछ्योँंले मेयरका लागि आफुलाई अगाडी सारेका छन् ।
न्याछ्यों ललितपुर जिल्लामा पुराना र बौद्धिक नेता मानिन्छन् । २०३६ सालदेखि आफू प्रजातान्त्रिक आन्दोलनमा लागेको बताउने न्याछ्यों २०४९ साल असोज २० गते कांग्रेस जिल्ला कार्यसमितिको सहसचिव, पार्टीको नवौं महाधिवेशनपछि २०५२ साल र १२औं महाधिवेशनपछि २०६७ सालमा गरी दुईपटक नगरसभापतिको जिम्मेवारी समेत सम्हाली सकेका छन् ।
यसअघि पनि इच्छा देखाएका नाछ्योंले सहमतिमै चिरिबाबुलाई छाडेका थिए । अर्का आकांक्षी राजेश महर्जन पनि नगरसभापति भैसकेका छन् । उनी पेशाले कानून व्यवसायी हुन् ।
२०४८ सालमा नेवीसंघबाट राजनीति सुरुवात गरेका राजेश नगर सचिव , ललितपुर क्षेत्र नम्वर २ को क्षेत्रीय सचिव र ललितपुर महानगरको सभापतिको जिम्मेवारी समेत सम्हालेका छन् । उनी अहिले कांग्रेस बागमति प्रदेश सदस्यको जिम्मेवारीमा छन् ।
मेयर चिरिबाबु महर्जनले पनि दोहोरिने इच्छा देखाएका छन् । कोरोनाका कारण कतिपय योजना गर्न नसकिएको बताए । उनले फेरि मेयर भएर अधुरा काम गर्ने आफ्नो योजना रहेको बताएका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा महर्जनले नेकपा एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यन्जनकारलाई ३२६ मतले पराजित गरेका थिए ।
उपप्रमुख गीता सत्यालले पनि मेयरमा दावी गरेकी छन् । उपप्रमुखका रुपमा अनुभव हासिल गरेकाले मेयरमा आफ्नो दावी स्वभाविक भएको उनको भनाई छ । अहिले गठबन्धन रहेकाले यो महानगर कांग्रेसका लागि सहज देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार