विश्वभरिका धनीहरूको सूचीमा विनोद चौधरी बने भारतबाहेक दक्षिण एसियाका एक्ला अर्बपति
नेपालबहस संवाददाता
चैत २३, २०७८ बुधबार १८:३७:५६
२३ चैत, काठमाडौं । नेपालका उद्योगपति विनोद चौधरी १० करोड डलरले सम्पति बढाएर भारतबाहेक दक्षिण एशियाकै एकलो अर्बपति बनेका छन् । विश्वभरिका धनीहरूको सूची प्रकाशन गर्ने फोर्ब्स पत्रिकाले यो वर्ष निकालेको सूचिमा चौधरी भारतबाहेक दक्षिण एशियामा एक्लो अर्बपतिमा परेका हुन् ।
गए राति सार्वजनिक सूचीअनुसार दक्षिण एसियामा भारतबाहेकका अर्बपति नेपालका विनोद चौधरी मात्र रहेका छन् । दक्षिण एसियाका देशहरूमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपाल मात्र परेका हुन् । दक्षिण एसियाका अरू मुलुकहरू श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानका कुनै पनि व्यवसायी अर्बपतिको सूचीमा परेनन् ।
नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्तिमा पनि वृद्धि भएको छ । फोर्ब्सका अनुसार उनको सम्पयत्त गत वर्ष १.४ अर्ब डलर रहेकामा यो वर्ष १० करोड डलरले वृद्धि भई १.५ अर्ब डलर पुगेको छ । व्यवसायी चौधरी फोर्ब्सको सूचीमा १९२९औँ नम्बरमा छन् । चौधरी सन् २०१३ देखि अर्बपतिहरूको सूचीमा रहँदै आएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य समेत रहेका व्यवसायी चौधरी पछिल्लो समय राजनीतिमा सक्रिय छन् । उक्त सूचीअनुसार दक्षिण एसियाको अर्को मुलुक छिमेकी भारत विश्वका धेरै अर्बपति रहेका मुलुकहरूमध्ये तेस्रो भएको छ । भारतमा १६६ अर्बपति छन् भने अर्को छिमेकी मुलुक चीनमा ५३९ अर्बपति छन् । सूचीको सबैभन्दा माथि रहेको अमेरिकामा अर्बपतिहरूको संख्या ७३५ छ ।
२९०.३ अर्ब डलर सम्पत्ति रहेका एलन मस्क यो वर्ष पनि विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । यस्तै, दोस्रो धनी जेफ बेजोसको सम्पत्ति १८९.८ छ भने बर्नाड र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी व्यक्ति रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान
पुष ९, २०८१ मंगलबार
एकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार
छविको सकिएपछि सुरुहुन्छ रवि लामिछानेको बयान
पुष ९, २०८१ मंगलबार
झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार