केन्द्रको सर्कुलरले कांग्रेस महोत्तरीका नेता कार्यकर्ता अलमलमा
नेपालबहस संवाददाता
चैत २३, २०७८ बुधबार १८:५५:३२
♦ विशाल बस्नेत
२३ चैत, महोत्तरी । नेपाली कांग्रेसले उम्मेदवार छान्ने समयतालिका बनाएर मातहतमा सर्कुलर जारी गरेपछि महोत्तरीका पालिकाहरूमा वडा अध्यक्ष उम्मेदवार छान्ने प्रक्रियाले निकै फड्को मार्यो।
बर्दिबास नगरपालिकाका–६ वडामा कांग्रेसले आफ्ना उम्मेदवार घोषणा पनि ग¥यो । तर, कांग्रेसको केन्द्रीय कमिटीले उम्मेदवार छान्ने प्रक्रिया स्थगित गर्न अर्को सर्कुलर जारी गरेपछि अलमल सिर्जना भएको छ ।
आइतबार नै कांग्रेस बर्दिबासले वडा न.३ मा यज्ञ प्रसाद ढुंगेल, वडा न.१ मा भोला खड्का, वडा न.२ मा चोलाराज प्याकुरेल र वडा न.७ का भोरिल यादवलाई उम्मेद्वारमा सिफारिस गरेको थियो ।
सत्ता गठबन्धन दलहरूसँग चुनावी तालमेलको तयारीअघि बढेपछि कांग्रेसले तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरेको हो । योसँगै नेपाली कांग्रेसले टुंगो लगाइसकेका उम्मेदवारहरू विषयमा समेत अलमल सिर्जना भएको छ ।
नगरले उम्मेदवारले टुंगो लगाएको बताए पनि जिल्ला सभापति नागेश्वर यादवले भने यो पूर्ण आधिकारिक नभएको बताए । तर, नगरस्थित कांग्रेसका नेता तथा कार्यकर्ताहरूले उम्मेदवार सर्वसम्मति भएको भन्दै सामाजिक सञ्जालबाट बधाई र शुभकामना व्यक्त गरिरहेका छन् ।
पार्टीको स्पष्ट निर्देशन नआएसम्म नाम सिफारिस भएका उम्मेद्वारलाई आधिकारिक मान्न नसकिने सभापति यादवको भनाइ छ ।
यता, केन्द्रीय कमिटीको निर्णयले तल्लो तहमा समस्या बनिरहेको नेता शंकर फुयाल बताउँछन् । निर्णय मान्नै पर्ने बाध्यताले स्थानीय तहमा जसरी अगाडि बढनुपर्ने हो त्यसरी बढन सकिएको छैन,’ उनले भने ।
तर, कतिपय नेताहरूले भने केन्द्रको निर्देशनमा नै अटेर गर्नु पार्टीको लागि दुर्भाग्य बनेको बताइरहेका छन् । पाटी गठबन्धनको पक्षमा रहँदारहँदै तल्लो तहमा आफुखुसी निर्णयसमेत भइरहेको बताउँदै युवा नेता शैलेश थापा सहमतिमा जानुको विकल्प नरहेको बताए ।
’अहिलेको परिवेशमा गठबन्धनको जरुरी छ । गठबन्धन हुनैपर्छ,’ उनले भने । बर्दिबास नगरपालिकाका केही वडामा उम्मेदवार छानिसके पनि स्थगित गर्ने निर्णयसँगै नगर तथा वडा कमिटी पछाडि हटेको नगर सभापति युवराज पोखरेलले बताए । न्युज कारखाना
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
आजबाट पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु [ फोटो फिचर ]
पुष ९, २०८१ मंगलबार
पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’
पुष ९, २०८१ मंगलबार
जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान
पुष ९, २०८१ मंगलबार
एकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार
छविको सकिएपछि सुरुहुन्छ रवि लामिछानेको बयान
पुष ९, २०८१ मंगलबार
झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार