एडीबीको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.९ र मुद्रास्फिती ६.५ प्रतिशत
नेपालबहस संवाददाता
चैत २३, २०७८ बुधबार १९:९:४६
२३ चैत, काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले यस आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने अनुमान गरेको छ । कोभिड–१९ विरुद्ध खोपको विस्तारसँगै आर्थिक गतिविधि पनि बढेकाले यो वर्ष आर्थिक वृद्धिदर अघिल्ला वर्षहरूको तुलनामा सुधार हुने भएको हो ।
अघिलो आर्थिक वर्षमा आर्थिक वृद्धिदर २.३ प्रतिशतले विस्तार भएको छ भने त्यसअघि २०७६–७७ मा २.१ प्रतिशतले ऋणात्मक भएको थियो । त्यस्तै, आगामी वर्ष ५ प्रतिशतले आर्थिक वृद्धिदर हुने एडीबीको अनुमान छ ।
मुद्रास्फिति भने यस आर्थिक वर्षमा ६.५ प्रतिशत र आगामी वर्ष ६.२ प्रतिशत रहने एडीबीको प्रक्षेपण छ । विश्व आर्थिक परिदृश्य सार्वजनिक गर्दै एडीबीले नेपालमा कृषि क्षेत्रमा भने १.३ प्रतिशतमात्र आर्थिक वृद्धिदर हासिल हुने, औद्योगिक षेत्रमा ४.१ र सेवा क्षेत्रमा ५.२ प्रतिशतले विस्तार हुने उल्लेख गरेको छ ।
महामारीपछि थोक र खुद्रा व्यापारमा समान्यीकरण, यातायात, वित्तीय क्षेत्रमा सुधारले आर्थिक वृद्धिलाई बढावा दिने एडीबीले उल्लेख गरेको छ । यद्यपि, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धिसँगै हवाई यातायातको भाडा अत्याधिक बढेकाले पर्यटक आवागमन प्रभावित भैरहने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान
पुष ९, २०८१ मंगलबार
एकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार
छविको सकिएपछि सुरुहुन्छ रवि लामिछानेको बयान
पुष ९, २०८१ मंगलबार
झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार