वालिङमा अर्गानिक अचारघरको शुभारम्भ !
नेपालबहस संवाददाता
चैत २३, २०७८ बुधबार १९:५४:३
२३ चैत, वालिङ । वालिङमा अर्गानिक अचारको व्यवसायीक उत्पादन र बिक्रिबितरण शुरु गरिएको छ । ‘आमाको हात घर–घरको स्वाद’ भन्ने मुलमन्त्रका साथ वालिङमा अर्गानिक अचारघर सञ्चालनमा ल्याईएको हो ।
अचारघरको शुभारम्भ गर्दै नगरप्रमुख दिलिपप्रताप खाँणले स्थानीय उत्पादनको प्रयोग गर्दै शुरु गरिएको अभियानलाई नगरपालिकाले साथ दिने बताए । उनले भने, ‘उत्पादित बस्तुहरुको बाई प्रडक्ट बनाउने गर्दा उत्पादित बस्तुहरु खेर जाने समस्या रहदैन । ’
नगरपालिकाले कोशेली घरको समेत सञ्चालनमा ल्याउन लागेको जानकारी गराउदै नगरप्रमुख खाँणले स्थानीय उत्पादनसँगै बाईप्रडक्टमा जोडिनु पर्ने घारणा राखे । उनले भने, उत्पादित बस्तुहरुको बाईप्रोडक्ट गराउदा बजारीकरणमा समेत निक्कै सहजता हुने गर्दछ ।
वालिङ नगरपालिका, युएनिडपी नेपाल र दियालो संस्थाको साझेदारी तथा वालिङ अदुवा तथा कृषि उपज प्रशोधन उद्योगको सहकार्यमा वालिङ ८ बाणिज्य टोलमा अचार घर सञ्चालनमा ल्याईएको हो ।
कार्यक्रममा बोल्दै वालिङ अदुवा तथा कृषि उपज प्रशोधन उद्योगका अध्यक्ष शिव डुम्रेले स्थानीय स्तरमा नै आमाहरुको सक्रियतामा तयार पारिएको अचारलाई लेवलिङ तथा ब्राण्डिङ गरि सहज रुपमा बजार सम्म पुर्याउने तयारी गरिएको जानकारी दिए ।
महिलाहरुको सक्रियतामा अचारको उत्पादन शुरु भएको भन्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले उत्पादन बढाउन र बजारीकरणका लागि आफूहरुले सहजीकरण गर्ने बताए ।
आमाहरुको सक्रियतामा नै उत्पादन शुरु भएको भन्दै वालिङ अदुवाका प्रवन्धक राजु डुम्रेले उत्पादन बढाउदै बजारको बिस्तार गरिने जानकराी दिए ।
महिला उद्यमी पुना भुषालले महिलाहरु खाली समयमा काम गरे पनि उत्पादित बस्तुबाट राम्रो अचार लगायतका सामाग्री बनाउन सक्ने बताए ।
वालिङ अदुवा तथा कृषि उपज प्रशोधन उद्योगले बिभिन्न साझेदारहरुसँग मिलेर अचार,मसला लगायतका सामाग्रीहरु उत्पादन गर्दै आईरहेको छ । जहाँ महिलाहरुको भूमिका महत्वपूर्ण रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार