निर्वाचन तयारी र आचारसंहिताबारे प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने
नेपालबहस संवाददाता
चैत २३, २०७८ बुधबार २०:२:२४
२३ चैत, काठमाडौं । निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहितमा दलहरुले उठाएको विवाद र स्थानीय तहको निर्वाचनको तयारीबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गर्ने भएका छन् ।
निर्वाचन आयोगले मंगलबार निर्वाचनमा भागलिने दलहरुलाई आयोगमा डाकेर आचारसंहिताप्रति प्रतिबद्धता जनाउन भनेको थियो । सोही क्रममा केही साना राजनीतिक दलहरुले विरोध जनाउँदै होहल्ला गरेका थिए भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि हस्ताक्षर नगरी बाहिरिएको थियो ।
प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले आयोगका पदाधिकारीसँग छलफल गर्ने भनिए पनि समय तय नभएको र साँझतिर हुनसक्ने बताए । प्रधानमन्त्रीले निर्वाचन तयारीबारेमा जानकारी लिन आयोगका पदाधिकारीसँग छलफलमा बोलाएका आयोग स्रोतको दावी छ ।
आयोगले जारी गरेको आचारसंहितमा आसन्न स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री र मन्त्रीहरूले समेत भोट माग्न नपाउने उल्लेख । निर्वाचन आचारसंहिता–२०७८ ले प्रधानमन्त्री, मन्त्री वा सार्वजनिक पद धारण गरेको कसैले पनि आफ्नो पार्टी वा पार्टीको उम्मेदवार वा अन्य उम्मेदवारका लागि भोट माग्न नपाउने व्यवस्था गरेको र यसमा दलहरुले असहमति राखेका छन् ।
आजको छलफलमा यसबारे पनि प्रधामन्त्रीले बुझ्ने र सच्याउन आग्रह गर्ने बुझिएको छ । आचारसंहिताको यो व्यवस्थाबमोजिम आसन्न निर्वाचनमा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री एवम् सार्वजनिक पद धारण गरेको व्यक्तिले चुनावी सभामा भाग लिन र उम्मेदवारको लागि भोट माग्न नपाउने भएपछि यसले अप्ठ्यारो परेको दलहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान
पुष ९, २०८१ मंगलबार
एकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार
छविको सकिएपछि सुरुहुन्छ रवि लामिछानेको बयान
पुष ९, २०८१ मंगलबार
झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार