एनएमबि बैंकको विस्तारीत काउण्टर हिमालय सुगर मिल्समा, किसानहरु उत्साहित
नेपालबहस संवाददाता
चैत २३, २०७८ बुधबार २०:९:४८
२३ चैत, काठमाडौं । एनएमबि बैंकले किसान तथा सर्वसाधारण सेवाग्राहीलाई सहज होस भन्ने उद्देश्यले नरहा–३, सिरहा स्थीत हिमालय सुगर मिल्स परिसरमा ११ औं विस्तारीत काउण्टर शुभारम्भ गरेको छ ।
हिमालय सुगर मिल्सको तर्फबाट महा–प्रवन्धकद्वय श्री अवध किशोर यादव र एस एन कुशवाहा, एनएमबि बैंक मधेश प्रदेश प्रमुख कमल पोखरेलका साथै एरिया म्यानेजरहरु मिथिलेस कुमार झा, कमलेश प्रसाद यादव, अपरेशन म्यानेजर राज कुमार विश्वकर्मा, गोलबजार शाखाका प्रबन्धक सरोज यादव, कर्मचारी संजीव झा लगायत सर्वसाधारणहरुको उपस्थितिमा आयोजित एक कार्यक्रममाझ गत सोमबार हिमालय सुगर मिल्स परिसरमा विस्तारित काउण्टरको विधिवत उद्घाटन भएको हो ।
उक्त काउन्टरको स्थापना पूर्वनै बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै गोलबजार शाखाबाट हालसम्म ४७ जना उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराईसकेको छ ।
बैंकले उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससंग सम्झौता पनि गरिसकेको छ ।
शुभकामना मन्तव्यको क्रममा बैंकका प्रदेश प्रमुख पोखरेलले नीजी क्षेत्रको सहकार्य अन्तर्गतको यो प्रक्रियामा यस भेगकै प्रतिष्ठित चिनी मिलले बैंकलाई विश्वास गरी सेवा प्रदान गर्न अवसर दिएकोमा धन्यवाद व्यक्त गर्दै अव यस विस्तारित काउन्टरबाट नगद रहीत सेवा लिन हुन पनि सम्पूर्ण महानुभावहरुलाई अनुरोध गरेका छन् ।
एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ । एनएमबि बैंकले हाल देशभरी ११ एक्सटेन्सन काउन्टरहरु, २०१ शाखाहरु र १३९ एटिएमहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
तातोपानी कुण्डमा स्नान गर्दै
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक सञ्जाल प्रयोगकर्तालाई दण्डनीय कार्य नगर्न गृहको चेतावनी, के के गर्दा हुन्छ कारवाही ?
मंसिर १४, २०८१ शुक्रबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
बागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार