हत्यामा संलग्न सार्वजनिक नगरेसम्म कविताको शब नबुझ्ने परिवारको अडान
नेपालबहस संवाददाता
चैत २३, २०७८ बुधबार २०:२९:३६
२३ चैत, उदयपुर । टयुसन पढ्न विद्यालय जाँदै गरेकी कविता सुनुवारको हत्यामा संलग्नहरूलाई सार्वजनिक गर्न पीडित परिवारले माग गरेको छ । उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्यायनरत १६ वर्षीया सुनुवारको शब मंगलबार स्थानीय यशोदाखोलामा विभत्स रूपमा हत्या गरिएको अवस्थामा फेला परेको थियो ।
शब फेला परेको २४ घन्टा बितिसक्दा पनि परिवारले जिम्मा लिएका छैनन् । उनीहरूले घटनामा संलग्नलाई सार्वजनिक नगरेसम्म शब जिम्मा नलिने अडान लिएका छन्। हत्या आशंकामा प्रहरीले उनकै केही सहपाठीलाई नियन्त्रणमा लिएको छ ।
हत्याको विरोधमा बुधबार बिहानैदेखि मदन भण्डारी लोकमार्ग स्थानीयवासी तथा विद्यार्थीले अवरुद्ध पारेका छन् । उनीहरूले हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्नु पर्ने र उनीहरूलाई सार्वजनिक पनि गर्नु पर्ने माग गरेका छन् ।
कोशी जनता माध्यामिक विद्यालय रामपुरका विद्यार्थीहरू आन्दोलित भएका हुन् । उनीहरूले रामपुर, लालबजार, बुद्ध चोकमा प्रर्दशन गरिरहेका छन् । सुनुवारको हत्या आशंकामा सोही ठाउँ बस्दै आएका कक्षा १० मा पढ्दै गरेकी सहपाठी एक किशोरी र किशोरलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा भारत सिक्किम राज्य बियुङ स्थायी घर भई बेलका नगरपालिका–३ स्थित जितबहादुर ढकाल (खत्री)को घरमा बस्दै आएका १९ वर्षीय विनोद ढकाल र जितबहादुरकै १५ वर्षीया छोरी सरिता ढकाल (खत्री) रहेको प्रहरीले जनाएको छ ।
बेलका नगरपालिका–६ किराँत चोकका कृष्ण सुनुवारकी छोरी कविता मृत अवस्थामा भेटिएको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । नियन्त्रणमा लिएका दुवै जनालाई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान थालिएको छ ।
घटनास्थल विद्यालयदेखि करिब सात सय मिटर र घरबाट करिब दुई किलोमिटर पर रहेको स्थानीयवासीले बताए । उनलाई बियरको बोतल र ढुंगाले हिर्काएर हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ । घटनास्थलबाट बियरका बोतर र रगत लागेको ढुंगा बरामद भएको छ ।
मृतक किशोरीको टाउकोमा गहिरो चोट लागेकाले कुटपिटपछि हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । उनी अध्यायनरत विद्यालयले बुधवार शोक सभा आयोजना गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
चोरीको मोटरसाइकलसहित एकजना पक्राउ
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार